spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

नेपाली क्रिकेट खेलाडीहरूको अभूतपूर्व प्रदर्शनले परिवारमा ‘हर्ष’, एकै खेलमा राखे ८ वटा विश्व कीर्तिमान

बर्दघाट, ११ असोज । नेपाली क्रिकेट खेलाडीले एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एसोसियट राष्ट्र मंगोलिया विरुद्धको खेलमा ‘विश्व क्रिकेटका हस्तीहरूले बनाएका’ किर्तिमान भंग गरे । अब उनीहरूको सट्टा ‘नेपाली खेलाडीहरुको’ नाम ‘विश्व किर्तिमान’ कायम भएको छ । तिनै विश्व किर्तिमान कायम गर्ने खेलाडीहरुमा एउटा खेलाडी हुन रुपन्देहीमा कुशल मल्ल ।

नेपाली टोलीका आक्रामक ब्याटर कुशल मल्लले सबैभन्दा थोरै बलमा सतक प्रहार गर्ने किर्तिमान आफ्नो नाममा लेखाएका छन । मल्लले एकै खेलमा २ वटा किर्तिमान आफ्नो नाममा लेखाएका छन । रूपन्देहीमा जन्मिएका मल्लले मात्र ३४ बलमा १ सय रन पुरा गर्दै भारतिय कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले ३५ रनमा बनाएको किर्तिमान भङ्ग गरिदिएका हुन । उनले तेश्रो स्थानमा ब्याटिङ्ग गर्न आएर १ सय ३७ रनको अविजित पारी खेल्दै किर्तिमान राखेका छन यस्तै कप्तान रोहित पौडेलसँग तेश्रो विकेटको लागि १ सय ९३ रनको साझेदारी पारीले पनि विश्व किर्तिमान कायम गरेको छ ।

क्रिकेट खेलाडीहरूले देशको नाम उँचो बनाइ रहँदा अभिभावकहरूले पनि आफूलाई गर्विलो महशुस गरेको कुशल मल्लकी आमा शर्मिला मल्लको प्रतिक्रिया छ । बुटवल टुडेसँग कुराकानीमा मल्लले छोराले राखेका विश्व किर्तिमान र देशको लागि जित दिलाउँदा आफू समेत गर्विलो बनेको बताइन । ‘भर्खर खेल्न सुरु गर्दा पढाइ विग्रने, खेल क्षेत्रमा असफल हुन्छ कि भन्ने डर थियो तर आज धेरै किर्तिमान राख्दै देशको नाम उँचो बनाएको देख्दा निकै खुसी लागेको छ ।’–मल्लले भनिन ।

नेपाली क्रिकेट टिमका कप्तान युवा खेलाडी रोहित पौडेलका बुवा कुमार पौडेल छोराको नेतृत्वमा देशको प्र्रतिनिधित्व गरेको टोलीले सफलता पाउँदा खुसी लागेको बताए । उनले भने –‘हार जित खेलमा हुन्छ तर पनि क्रिकेटका हस्ती राष्ट्रहरूको किर्तिमान तोडदै आफ्नो देशका खेलाडीले पाएको सफलता हर्षित तुल्याएको छ ।’

सीमित स्रोत साधन, कमजोर पूर्वाधारका बावजुत नेपाली क्रिकेट खेलाडीहरूले अभूतपूर्व प्रदर्शन गरेका छन । खेलाडीले आफ्नो खेल कौशलमा निखारता त ल्याएकै छन यहि निखारताले देशको नाम समेत उँचो पारेका छन । एशियाली खेलकुँद अन्तर्गत पुरुष क्रिकेटमा एसोसियट राष्ट्र मंगोलिया विरुद्धको खेलमा नेपालले विश्व क्रिकेटका हस्तीहरूले बनाएका किर्तिमानहरूलाई तोडेका छन ।

नेपाली टोलीले टि ट्वान्टी क्रिकेटका ८ वटा किर्तिमान एकै खेलमा भङ्ग गरेका छन । नेपालले ट्वान्टी ट्वान्टी क्रिकेटमा सर्वाधिक अन्तरको जितको किर्तिमान कायम गरेको छ । मंगोलिया विरुद्ध पहिले ब्याटिङ्ग गरेर नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पच्छाउने क्रममा मँगोलिया मात्र ४१ रनमा अल आउट भएपछि नेपालले २ सय ७३ रनको फराकिलो अन्तरले जित हात पार्दै विश्व किर्तिमान कायम गरेको थियो ।
यसअघि अफगानिस्तानले बनाएको २ सय ७८ रनको रेकर्ड नेपालले ३ सय १४ रन बनाउँदै आफ्नो नाममा लेखाएको छ । ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल मात्र ३ सय रनको आँकडा पार गर्ने पहिलो राष्ट्र बनेको छ ।

प्राविधिक रूपमा सम्भव भएपनि ब्यवहारिक रूपमा असम्भव जस्तै रहेको सर्वाधिक थोरै बलमा अर्धसतकको किर्तिमान दिपेन्द्र सिँह ऐरीले आफ्नो नाममा लेखाएका छन । उनले मात्र ९ बलमा अर्धसतक पुरा गर्दै भारतिय स्टार ब्याटर युवराज सिँहको किर्तिमान भंग गरे । युवराजले १२ बलमा अर्धसतक प्रहार गरेका थिए ।
नेपाली टोलीले एकै इनिङ्गमा सर्वाधिक छक्का प्रहार गरेको छ । कुशल मल्ल (१२), रोहित पौडेल (६) र दिपेन्द्र सिँह ऐरी (८) ले कुल २६ छक्का प्रहार गर्दै रेकर्ड कायम राखेका छन । नेपालको जित र किर्तिमानी इनिङ्गमा लुम्बिनीका कुशल मल्ल र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । मल्लले मात्र ५० बलको सामना गर्दै १२ छक्का र ८ चौकाको मद्दतले अविजित १ सय ३४ रनको पारी खेले यस्तै कप्तान पौडेलले २७ बलको सामना गर्दै ६ छक्का र २ चौकाको मद्दतले ६१ रन बनाए । निकै आक्रमक प्रस्तुत भएका ऐरीले मात्र १० बलमा ५२ रन जोडेका थिए । उनले ८ वटा छक्का प्रहार गरे ।

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x