spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

बर्दघाटमा बिश्वेश्वर प्रसाद  कोइरालाको १११ औं जन्मजयन्ती समारोह सम्पन्न

बर्दघाट प्रज्ञा प्रतिष्ठानले आधुनिक नेपाली आख्यानमा मनोविज्ञानका प्रवर्तक विश्वेवरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तिको अवसरमा एक भव्य समारोह आयोजना गरि मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले कोइरालाको योगदानलाई उच्च मूल्यांकन गर्दै उहाँ विशिष्ट प्रतिभाका धनी रहेको बताउनु भयो  ।

बिश्वेश्वर प्रसाद कोइराला  साहित्यिक र राजनीतिक दुबै भुमिका  ‘एक सिक्काका दुई पाटा’ जस्तै रहेको बताउनु भयो ।  कोइरालाको बहुपरोपकारी प्रभाव र व्यापक दृष्टिकोणका कारण आज सम्म पनि उहाँका कृतिहरु जनमानसमा लोकप्रीय रहेको श्रेष्ठले बताउनुभयो ।

कर्यक्रममा प्राज्ञ  सभा सदस्य जिवनाथ पौडेल र दिपप्रकाश लोहनीले कोइरालाले साहित्यमा  पुर्याएको योगदानको समिक्षा गर्दै उहाँको साहित्यिक विचारधारा र सामाजिक परिवर्तनमा योगदानको विश्लेषण गर्नुभयो

कोइरालाले नेपाली साहित्यमा मनोविज्ञानको प्रयोग गरेर सामाजिक र मानवीय मुद्दाहरूलाई चित्रण गरेका थिए। कार्यक्रममा उहाँको जीवन र कार्यक्षेत्रका विभिन्न पहलुहरूलाई समेटेर उहाँको योगदानलाई सम्मान गर्दै श्रद्धासुमन समेत  अर्पण गरिएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठनका कुलपती  डा. घनश्याम न्यौपाने’परिश्रमी’ सभापती रहनुभएको कार्यक्रम सदस्य सचिव  शरद पौड्यालले सन्चालन गर्नुभएको थियो

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x