– उदय पाठक
चिटिक्क परेको शरीर त्यसमा कालो चस्मा लाउदा झनै राम्रो , हिरो नै नदेखिए पनि सानोतिनो म्युजिक भिडियोमा केटाको रोल खेल्न लाएक छ उ । नाम अर्पण , उमेर २८ बर्ष , बिगत ५ बर्ष देखि दुबईमा राम्रो कम्पनीमा काम गर्दै आएको अर्पणले मासिक १,५०,०००। भन्दा बढी तलब बुझ्दै आएको छ ।
उमेर अब जोडी खोज्न लाएकको भएछ क्यारे बिहे गर्ने सोचका साथ एक बर्ष पछि घरमा आएको छ उ । पारिवारिक पृष्ठभुमि मध्यम खालको छ । बिहेपछी बुढाबुढिनै दुबई गएर बस्ने योजना बनाएको छ । यत्तिको केटो पाएपछी लमिहरु पनि सुकन्या खोज्न सकृय छन ।
नाम राशी मिलेका , नाडी नलागेका र कम्तीमा १८ गुण मिलेका ४ जना जति सुकन्याहरु लमिहरुले खोजिसकेका छन । केटो चिकिक्क परेर बिदेशी अत्तर छरेर पहिलो केटिको घरमा जान्छ । केटि पनि राम्री छ । दुबैजना कुरा गर्न कोठामा जान्छ्न । केटिले अष्ट्रेलिया जाने केटासँग मात्रै बिहे गर्ने सोच भएको बताउछे । केटोले दुबई लगेर राख्ने प्रस्ताव गर्छ । केटिले अस्विकार गर्छे । केटो निराश भएर बाहिर निस्किन्छ ।
केटो दोस्रो केटिकोमा जान्छ । अर्कि झनै राम्री । केटोले मनमनै भन्छ ” आजभोलि सबै केटि राम्रा नै देखिन्छ्न , मेकअपले होलाकि साच्चै राम्रा हुन” मनमनै हास्दै केटिले दिएको चिया खाइसकेपछी केटि सङ्ग बोल्न कोठामा जान्छ । केटिले क्यानडा जाने केटासँग बिहे गर्ने सोच रहेको बताउछे । त्यसोभए म सङ्ग किन बोल्न खोजेको त ?? भन्ने प्रश्नमा ” बुबा आमाले धेरै पटक भनेकोले मात्रै हो ” केटिको सटिक जवाफ आउँछ । केटो झनै निराश अनुहार लिइ बाहिर निस्किन्छ ।
बाकी रहेका अन्य कन्याहरुको पनि यस्तै खालको जवाफ आउदा अब केटो मात्रै हैन लमि समेत निराश देखिन थाले । केटोलाई उसका साथीहरुले यो जमानामा लभ पो गर्नुपर्छ !!भन्ने जवाफ फुत्किन नपाउदै २ बर्षसम्म लभ गरेको केटि डिभि परेको केटा सङ्ग बिहे गरेर अमेरिका गएको कहानी सुनाउँछ ।
केटो बिहे नगरी दुबई फर्किन्छ र एक सालपछी धुमधाम सङ्ग बिहे गर्छ ।
एक साल पछि आउदा उ अष्ट्रेलियन लाउरे भैसकेको थियो । दुबई बाट प्रक्रिया पुर्याएर ६ महिना अघि अष्ट्रेलिया पुगिसकेछ । एक सालपछि नेपाल आउदा उसले अघिल्लो साल हेरेका ४ कन्या मध्ये ३ कन्याको अझै बिहे हुन बाकी रहेछ । उनिहरु अझै पि आर वाला लाउरे कुरेरै बसेका छन । केटोले भने नयाँ केटि बिहे गरेर अष्ट्रेलिया पुगिसकेको छ ।