spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बर्दघाटको“ नेहा अक्वा “सिलप्याक पानीको बोतलमा अखाद्य बस्तु


पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभर स्थित”नेहा अक्वा “मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।

पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको ” नेहा अक्वा “पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको छ। एक स्थानीयले सञ्चालन गरेको पसलबाट सिल प्याक पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको हो ।

स्थानिय सञ्चालकले पानी पिउँने खोज्दा बोतलभित्र यस्तो पदार्थ फेला परेको हो। स्थानियले भने ‘म आफैँ पानी पिउने क्रममा बोतल भित्र हानिकारक पदार्थ भेटे,उनले म्याद कायम रहेको उक्त कम्पनीका नेहा अक्वा सिल प्याक पानीका बोतलमा हानिकारक पदार्थ भेटेको हो।

सिल प्याक गरिएको पानीको बोतल भित्र हानिकारक जस्तो देखिने पदार्थ भेटिएपछि स्थानियले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरेको बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय र अन्य सरोकारवालाहरूले निगरानी राखेर हरेक पानीको वोतलहरुमा चेकजाँच गर्नु पर्ने स्थानीयको भनाई रहेको छ।

नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ,हानिकारक पदार्थ,किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ। बर्दघाट नगरपालिका जिमिरेभर स्थित नेहा अक्वा नामको पानीको बोतलमा हानिकारक जस्तो देखिने पदार्थ भेटेका हो ।

स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि किरा,हानिकारक जस्तो देखिने पदार्थहरु भेटिएका घटनाहरु पनि धेरै पटक सञ्चार माध्यममा आएका पनि सम्बन्धित निकायले चासो देखाएको छैन।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x