spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

कर्णालीको दुख : ५ केजी नुन लिन जाँदा ५ हजार खर्च

कर्णालीमा नुनको अभाव, नुनको मौज्दात  सकियो, “सुन किन्न  भन्दा नुन किन्न सास्ती” जस्ता अनेकन शिर्षकमा उपल्लो कर्णाली सदैब परिचित भइरह्यो। यद्यपी विभिन्न व्यवस्थाका विरुद्ध हरेक पटक बलिदान दिने कर्णालीबासी एक छाक खाना पकाउन एक मानो चामल र दुइ चम्चा नुनका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानुपर्ने, र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता छ ।

मुगु, हुम्ला, डोल्पा, लगायत कर्णाली प्रदेशका  हिमाली जिल्लाहरुमा बर्षभरी उत्पादन गरीएका अन्नबालिले तिन महिनालाई खाना पुर्‍याउन पनि मुस्किल पर्दछ । अझ नुन, चामल, तेल लगाएतका दैनिक उपभोग्य बस्तुहरुको आपुर्तीकोलागि अर्काको भरपर्नुपर्ने नियतिनै बनिसकेको छ । यहाँ अन्य बिकासे रणनितिहरुका कुरा त परै जावस समय समयमा सजिलैसँग नुन चामल जस्ता खाद्यान्न बस्तुहरुको ग्यारेण्टीले मात्र कर्णालीबासीको मुहार चम्किलो बनाउन प्रयाप्त हुन्छ ।

सरकारले करोडौँ खर्च गरेर कस्तो गुणस्तरको खाद्यान्न खाँदा स्थास्थ्यका लागि फाईदा हुन्छ भन्ने कुरा त देखाउछ तर उपल्लो कर्णालीका बासिन्दाले एक पोका नुनको अभावमा पाएको कष्ट देखेको नदेखेझै गर्दछ ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं  ९ मुर्मा  कि उमसरा रोकाया नुन पाउने आशमा भौतारिदै थिइन् । सदरमुकाम आएको बेला कम्तीमा नुन लैजाने पर्ने बाध्यता उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । कोटा प्रणालीमा पाइने ५ पोका नुनले बेलैमा सकिने हुदा कहिलेकाँहित अलुन्या खान पनि बाध्य भएको छायाँनाथ रारा नगरपालिका वडा नं ३ का सिद्धकला विकले बताईन । उनि भन्छिन् “परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ ।”

सरकारले वितरण गर्ने सहुलियत दरको नुन अभाव भएपछि मुगुका नागरिकहरु नुन बिनानै खाना खान बाध्य भएका छन । डिपो कार्यालय मुगुमा नुन मौज्दात कमि हुनु र समयमै ढुवानी हुन नसक्दा अभाव सृजना भएको हो । जुन समस्या बर्षेनी परिनै रहन्छ । तर सम्बन्धीत निकायलाइ यसले पटक्कै पिरोल्दैन ।

जिल्ला सदरमुकाम गमगढी बजार देखि करिब २ दिनको पैदल यात्रा गरेर नुन लिन आएकि खत्याड गाउपालिका वडा नं ११ रातापानीकि गिता भण्डारीले ५ किलो नुन लिन आउदा हजारौं रकम खर्च हुने गरेको र त्यसमा पनि १० देखी २० रुपैया सम्म खर्च गरेर नागरिकता फोटो कपी गर्नुपरेको गुनासो गरिन् । विगतका दिनहरुमा खत्याडमै नुन पाउन्थ्यो अहिले श्रीकोट डिपो केन्द्रमा पनि नुन पाउनै छाडेपछि सदरमुकाम आएर नुन लिन परेको र साल्ट ट्रेडिङको शाखा कार्यालय मुगुले नागरिकता बुझाएर मात्र नुन दिन थालेपछी हामी अझ मर्कामा परेको भन्दै कर्णालीका दुख काठमाडौंले नुबुझेको भन्दै आक्रोश समेत पोखिन् । 

अहिले सदरमुकाममा रहेको डिपोबाट छाँयानाथ रारा नगरपालिका भित्रकालाई ५ किलो र अन्य तिन पालिकाका सर्वसाधारणलाई नागरिताको फोटोकपी पेस गरी १० किलोसम्म प्रतिकिलो १० रुपैयाँका दरले बिक्री वितरण गरिँदै आएको छ । कार्यालयमा प्रायप्त मात्रामा नुन नहुनाले अहिले हप्ताको आईतवार, मंगलवार र विहिवार गरि तीन बार मात्र नुन वितरण गर्दे आईरहेको साल्ट ट्रेडङि कर्पोरेशन लमिटिेड शाखा कार्यालय मुगुले जनाएको हो । दिन भरि लाईनमा बसेर ५ पाकेट नुन मात्र पाउने गरेको यहि नुन पनि हप्ता दिन नबित्दै सकिने गरेको नागरिकहरु बताउछन् । पाँच पाकेटको नुनको भरमा चलेका मुगुका नागरिक आफु खाने कि बस्तु भाउ लाई खुवाउने भन्ने चिन्ताले पिरोल्ने गरेको सोरु गाउपालिका वडा नं ८ का लालकला विकको भनाई छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय मुगुमा अहिले ३ सय क्विन्टल नुन मात्र मौज्दात छ । त्यहि नुन पनि गत आर्थिक वर्षको मौज्दात हो । कात्तिक भन्दा अगाडी थप नुन आउने सम्भावना छैन । त्यहि नुनले अहिले सम्म चलि रहेको छ । खत्याड गाउपालिका र सोरु गाउपालिकाको बिक्री केन्द्रलाई १, १ हजार क्विन्टल स्वीकृत गरेको भए पनि थप ८ सय क्विन्टल माग गरेकोमा हालसम्म स्वीकृत भएको छैन ।

मुगु जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले प्रदेश तथा संघका माननीयहरुले पहल नगर्दा नै यो समस्या देखिएको तर यहि बर्ष देखिनै २०० क्विन्टल थप नुन माग गरिसकेको  बताए ।

प्र.जि.अ. थापाले सरकारले दिएको नुनले जिल्लामा रहेका ६४ हजारको संख्यामा रहेका नागरिकलाई प्रयाप्त भएको तर त्यो भन्दा दोब्बर संख्यामा रहेका पशु चौपायलाई समेत यहि आयोडिन नुननै प्रयोग गर्ने भएकाले नुन कमि भएको बताए । यद्यपी स्थानिय तहले नुन तथा खाद्यान्नको ढुवानी गर्ने कार्यमा सहयोग मात्र गरे पनि माग बमोजिमनै नुनको आपुर्ति गर्न सकिने थापा बताउदछन् ।

छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्लले तुरुन्त सिडियो साब सँग अन्तरक्रिया गरेर निष्कर्षमा पुग्ने जानकारी गराइन् । संघीय सरकारले पनिले मुगुलाई हेपेर कम बजेट पठाएको तर यहि जिल्लाका नगरबासीलाई आवश्यक नुन को व्यवस्थापन गर्न नसकेको भन्दै मल्लले बताईन ।

Author

  • खड्क सुनार , मुगु

    खड्क सुनार लालमोहरका मुगु सम्वाददाता हुन् l उनि रेडियो मुगु गमगढ़िमा कार्यरत छन् l

    rab.sha20@gmail.com खड्क सुनार , मुगु
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x