योग्य जनशक्ति व्यवस्थापनका लागि यो कदम महत्वपूर्ण छ। : नगरप्रमुख

बर्दघाट नगरपालिकामा ९ जना कर्मचारीको तह वृद्धि


बर्दघाट नगरपालिकामा ९ जना कर्मचारीको तह वृद्धि

बर्दघाट, नवलपरासी – बर्दघाट नगरपालिकामा ९ जना कर्मचारीको तह मिलान गरिएको छ। लुम्बिनी प्रदेश सरकारद्वारा लागू गरिएको स्थानीय निजामती सेवा ऐनको दफा ७ को विभिन्न उपदफाहरूको व्यवस्था अनुसार उनीहरूको तह मिलान गरिएको हो।

स्थानीय निजामती सेवा ऐनको दफा ७ को उपदफा (२) बमोजिम प्रशासनिक अधिकृत पशुपति गैरे, इञ्जिनियर शारदा भट्टराई र इञ्जिनियर शान्ती गुरुङको सातौं तहमा तह मिलान गरिएको छ।
त्यस्तै, दफा ७ को उपदफा (७) अनुसार पशु चिकित्सक भरत लम्सालको सातौं तहमा तह मिलान गरिएको छ।
त्यसैगरी, दफा ७ को उपदफा (९) अनुसार सि.अ.हे.व. अधिकृत कृष्ण हरि पौडेल, सि.अ.न.मि. निरीक्षक अधिकृत सीता शर्मा, ल्याब टेक्निसियन निरीक्षक अधिकृत प्रकाश आचार्य, सि.अ.हे.व. अधिकृत मुक्तिराम बश्याल र सि.अ.हे.व. अधिकृत बाबुराम तिमिल्सिना शर्माको समेत सातौं तहमा तह मिलान गरिएको नगरपालिका प्रशासनले जानकारी दिएको छ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले तह मिलानलाई स्वागत गर्दै भने, “कर्मचारी तह मिलानले नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी बन्नेछ। योग्य जनशक्ति व्यवस्थापनका लागि यो कदम महत्वपूर्ण छ। अब नागरिकले छिटो र प्रभावकारी सेवा पाउने अपेक्षा गरेका छौँ।”

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले तह मिलान प्रक्रियामा देखिएको सहकार्य र प्रतिबद्धताको प्रशंसा गर्दै भने, “सही तहमा योग्य कर्मचारीको व्यवस्था हुनु प्रशासनिक दक्षता वृद्धि र संस्थागत विकासका लागि अनिवार्य हुन्छ। हामी अब सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन थप सक्रिय भएर लाग्नेछौं।”

नगरपालिकाले तह मिलानपछि कर्मचारीहरूको जिम्मेवारी स्पष्ट गरी सेवा वितरणमा गुणस्तर सुधार गर्ने योजना अघि सारेको छ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल