spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

मगर स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

बर्दघाट नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नमगर दिवसको अवसरमा बर्दघाट नगरपालिकाले १५ गतेका दिन सार्वजनिक बिदा दिने एक सुचना जारी गरी जनाएको छ ।

बर्दघाट नगपालिकामा मगर समुदायको बहुल्यता रहेको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिन लागेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

बर्दघाट नगरका प्रबक्ता सन्त बहादुर गाहा द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मगर समुदायले मनाउदै आएको मगर स्थपाना दिवसको अवसरमा नगरपालिका मातहतकासम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

राष्ट्रिय मगर दिवसको अवसरमा रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रमहरु हुँदै आएको छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x