spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

रविन पोख्रेल नै किन?

अहिले रुपन्देहिको ब्यापारीक केन्द्र बुटवलमा पुर्व मेचि देखि महाकालि सम्म जेसीजका १७८ वटा शाखाबाट करीव २ हजार युवा प्रतिनिधिहरु नेपाल जेसीजको ५० औं राष्ट्रीय महाधिवेशनमा उपस्थित भएका छन । बिषेश गरी युवाको ब्यक्तिक्त्व र नेतृत्व विकासमा भुमिका खेल्ने नेपाल जेसीजले बर्ष २०२४ का लागी नयाँ नेतृत्व पाउँदैछ । आज हुने मतदानबाट आफु नेतृत्व तहमा आउन उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय रुपमा लागीरहेका छन । यसै प्रसंगमा रहेर नुवाकोट जेसीजले प्रस्तुत गरेको राष्ट्रीय अध्यक्ष -२०२४ पदमा उम्मेदवार जेसीआई सिनेटर रविन पोखरेल संग हामिले भलाकुसारी गरेका छौं ।

१. तपाईको उम्मेद्वारी निरन्तरता नै हो कि आवश्यकता हो ?

धन्यवाद, निरन्तरता अनि आवश्यकता भन्दा पनि समयको माग हो भन्दछ’ । सन् २०१३ देखि शाखाको सदस्यता लिएदेखि नेपाल जेसीजको कार्य समितिमा बसेर निरन्तर बिधिको शासनको पक्षमा रहदै नेतृत्व बिकासको अभ्यासका साथ राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दैगर्दा प्राप्त सिकाई लाई नेतृत्व तहमा बसेर परिमार्जन, रुपान्तरण र हस्तान्तरण को अभ्यासका लागि मेरो राष्ट्रिय अध्यक्षको उम्मेद्वारी अहिलेको समयको माग नै हो जस्तो लाग्छ ।

२. वुटवल महाधिबेसनमा आउने जेसीज जनले तपाईको उम्मेदवारीको अभ्यासबाट के सिकाई सिक्छन् जस्तो लाग्छ ?

अरुको अभ्यासको बिसयमा मैले भन्न सक्दिन तर मेरो अभ्यासबाट उमेम्दवारको अनुशासन, समुहगत कार्यको सिकाई निरन्तरता मा पनि ऊत्कृष्टता, एकआपसमा भाईचाराको बिकास, जेसिज आस्था अनुरुपको प्रस्तुती अनि संस्थागत क्रियासिलताको उदाहरणनै एउटा महत्वपुर्ण सिकाई हुन्छ । साथै मैले पनि अधिकासं जेसीजको जनको सम्पर्क अनि संवादबाट धेरै बिसय सिक्न पनि पाएको छु ।

३. तपाईको बर्ष २०२४ के को लागि फरक हुन्छ ?

सर्बप्रथम फरक भन्दा पनि उदाहरणिय, अनुकरणिय र सबैको अपनत्व हुने किसिमको बनाउने अधिकतम प्रयासका साथ उर्जाशिल जोस लिएर मेरो उपस्थित र उम्मेदवारी रहेको छ । सोही कारणले, निरन्तरता मात्र होईन राज्यका अंगहरुसंग समन्वय गरि जेसीजलाई राज्यको महत्वपुर्ण अंगको रुपमा भुमिका दिलाउन, व्यवहारिक र सिपमुलक तालिमको अवधारणा लागु गराउन स्वरोजगारिका लागि देशभर योजना ल्याउन, अन्तराष्ट्रिय स्तरमा नेपाल जेसिजको र उपस्थितिलाई द्रहो बनाउन र हरेक राष्ट्रिय र शाखागत गतिबिधिलाई परिणाममुखि बनाउन युवाहरूलाई अभिप्रेरित गर्ने कार्य कार्यकाल भर गतिशिलताका साथ कार्यान्वयन गर्ने भएकाले बर्ष २०२४ परिणाममुखि हुनेकुरामा बिश्वस्व छु ।

४. अहिले देशमा ब्रेन ड्रेनको समस्या छ अनि आर्थिक समस्या चुलिदो छ । युवाहरुको संस्था जेसीजले त्यसको लागि के पहल गर्नेछ ?

हामिसंग संस्थागत रुपमा आवद्ध भएका युवाहरू अनि उनिहरू मार्फत समुदायमा रहेका युवाहरुलाई लक्षित उत्प्रेरणात्मक तालिम का श्रृङ्खलाहरुको सबै शाखामा आयोजना अनि “एक शाखा एक शैक्षिक संस्था” मा कम्तिमा महिनामा एकवटा राष्ट्रिय भावनाले ओतप्रोत कार्यक्रम, विचार गोष्ठि, युवासंग युवा कार्यक्रम, शेयर वजार, AI लगायतका विषयमा जानकारीमुलक कार्यक्रम अनि आफ्ना विचार र उत्पादन राख्ने मञ्च प्रदान गर्दै, जिम्मेवार स्थानिय निकाय र मन्त्रालयहरु संग सम्पर्क र समन्वय गरि कार्ययोजना पहिलो महिनादेखिनै लागु गरिनेछ ।

५. रबिन पोखरेललेनै यसअघी पनि उम्मेदवारी दिएको तर असकल भएको हुँदा असफल भईसकेको नेतृत्व सफल हुन्छ भन्ने ग्यारेन्टी के हो ?

पहिलो बिषयतं जेसीजमा कसैको हार हुदैन; कि त जितिन्छ कि सिकिन्छ अनि यसअघिका अधिबेशनहरुमा म निकटतम प्रतिस्प्रधी रहदै सम्मानजनक मतका साथ रनरअप हुदै गर्दा प्राप्त चुनावि सिकाई, उम्मेदवारको मानसिकताको अध्ययन अनि मतदाताको सोचलाई नजिकबाट वुझ्ने र बुझाउने उच्च ज्ञानको प्राप्तीको मलाई अवको अधिबेसनमा विगतको असफल बाट सफल हुने मुलमन्त्र प्राप्त भएको छ र अव जितको लागी उच्च मनोवलका साथ तयार रहेको छु र अधिकाशं मतदाताहरुको मानसिकता पनि यसपटक ब्यालेट वक्सबाट रबिनलाई न्याय नै गर्ने विचार रहेको मैले प्रत्यक्ष र अप्रतक्षय रुपमा बुझेको छु ।

६. तपाईका अन्य राष्ट्रिय अध्यक्षका उम्मेदवारसंग प्रतिस्प्रधिको रुपमा डर वा निकटतम प्रतिस्प्रधि कस्लाई मान्नुभएको छ ?

एउटा उम्मेदवार भइसकेपछि त्यसमाथि पनि जेसीज अभियानकर्मीको रुपमा मैले मेरा प्रतिस्प्रधि मित्रहरुसंग डर हैन भर गरेको छु कि मलाई अन्तिम अब्स्था सम्म उहाँहरुले सर्बसम्मत वनाउन सहयोग गर्नुहुनेछ । उम्मेदवारको हिसाबले सबै प्रतिस्प्रधि मित्रहरु समाननै हुनुहुन्छ, उहाँहरुको शक्तिको क्रमभन्दा पनि हाम्रो घनिष्टताको नाता उच्च छ । हामिविच अत्यन्तै स्वस्थ्य प्रतिस्प्रधा, उदाहरणिय अभ्यास हुनेमा म बिश्वस्त छु ।

७. तपाईको बर्ष २०२४ को प्रकरण (थिम) के हो र यसमा कस्तो मर्म छ ?

गर्बिलो ईतिहास, आशलाग्दो बर्तमान, सुनौलो र सुनिश्चित भविष्यका लागि Initiate, Innovate, Impact अर्थात “नवप्रभावका लागि अग्रसरता” बर्ष २०२४ लागि प्रकरण (थिम) रहेको छ । यसले बदलिदो समयानुसार युवाहरुले समाजमा सकरात्मक परिबर्तनका लागि युगअनुकुल प्रभाककारि कार्य गर्न अग्रसर हुनुपर्दछ रुपान्तणका लागि निरन्तर अभ्यास गर्नुपर्दछ भन्ने मर्म अनि उद्देष्य बोकेको छ ।

८. बुटवल को चुनाबि नतिजा तपाईकै पक्षमा आउँछ भन्ने ग्यारेण्टी के ?

ग्यारेण्टी भन्दा पनि तमाम जेसीज जनको मनको र मतको गुञ्जन हो । मेरो संस्थागत निरन्तरता, गतिशिलता, अनुशासन बिधिको पक्षमा वकालत, प्रतिनिधित्व गर्ने क्षमता, सामुहिक कार्यमा विश्वास गर्ने वानि, भाईचाराको संस्कार र विगतको अभ्यासको अनुभव अनि मेरा चुनाबि एजेन्डाहरुनै मेरो जितको आधार स्तम्भ हुन । देशभरका काउन्शिलर र मतदाता यसपटक रबिन पोखरेललाई न्याय गर्नुपर्छ, जिताउनु पर्छ भनि स्वतस्फुर्तं वुटवल केन्द्रित हुदैहुनुन्छ, यो उर्जालाई जितको श्रि सम्म पुर्याउने प्रकाश प्राप्ति भएको छ र म बिश्वस्त छु ।

९. तपाई राष्ट्रिय अध्यक्ष भएकछि नेपाल जेसीजले प्राप्त गर्ने कम्तिमा पाँचवटा परिबर्तन बुदाँगत रुपमा भन्नुपर्दा के छ ?

मैले ३६५ दिनकै एकप्रकारको तालिका बनाएर कार्य गर्ने पुर्वतयारि गरेको छु । पाँचवटा भन्दा पनि धेरै छन् जुन मैले ककस प्रस्तुतीको क्रममा मंचबाट प्रस्तुत गर्नेछु अनि मैले ककस प्रस्तुतीको क्रममा मंञ्चबाट प्रस्तुत गर्नेछु अनि मेरो योजनाहरु प्रिन्ट गरि मतदाताहरुलाई दिनेछु साथमा यसअघि शाखा भ्रमणको क्रममा प्रत्येक शाखामा राखिपनि सकेको जानकारि गराउदछु । यद्यपि पाँचवटै नै भन्नुपर्दा बिधिको शासनको अभ्यासमा प्रभाककारिता, तालिममा नविनता, अन्तराष्ट्रिय सम्बन्धमा उत्कृष्टता, बिगतको संस्कारलाई सम्मान र कार्यक्रममा मौलिकता अनि सचिबालयलाई पुर्ण प्रबिधिमैत्रि संचालनको प्राथमिकतामा मेरो बिशेष पहल हुनेछ ।

१०. भनेपछि तपाईको नेतृत्वमा नेपाल जेसीजको २०२४ सर्वोत्कृष्ट हुन्छ भन्ने तपाईको वटमलाईन हो ?

म भन्दा पनि वर्ष २०२४ को वोर्ड को ऊर्जाशिल समुहकार्य र अग्रजबाट संस्कारको सिकाई ले हाम्रो बर्ष २०२४ नम्बर वान भनेर घमण्ड र घोषणा गर्दिन तर बिगतलाई सम्मान र सिकाईको रुपमा लिदै तमाम जेसीज जनहरुले सम्झन योग्य ऐतिहासिक माइलस्टोन इयर को रुपमा स्थापित गर्ने मेरो ध्येय हुनेछ ।

११. अन्त्यमा, मतदातालाई केहि भन्न बाँकि छ ?

सर्बप्रथम, हामी जेसीजको पुर्ब राष्ट्रिय महाधिबेशनलाई सफल बनाउन हामी सबै एकभई लागौ भन्न चाहान्छु । अनि सबैले सम्भवतः मलाई नजिकबाट जेसीज मर्म बुझेको मान्छेको रुपमा लिनुभएको छ । अब सबै आशिर्बाद र शाथलाई मतमा परिणत गर्ने बेला आएको छ । कृपया ब्यालेटमा यसपटक न्याय गरिदिनु हुन बिन्रम अनुरोध गर्दछु । र अन्त्यमा तपाइको मिडियालाई पनि धन्यवाद दिन चाहान्छु । धन्यवाद ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x