spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

नवलपरासीमा मानवअधिकार उलंघनका घटनामा वृद्धि : ईन्सेक

पश्चिम नवलपरासीमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दै गएको सरोकारवालाहरुको अध्ययन तथ्यांकले पुष्टि गरेको छ । अनौपचारिक सेवा केन्द्र( इन्सेक)ले बिहिवार एक वर्ष अवधिको मानवअधिकार घटनाको अद्यावाधिक तथ्यांक सार्वजनिक गर्दै मानवअधिकार उल्लंघनका घटना बृद्धि हुँर्दै गएको जानकारी गराएको हो ।

जिल्लामा मुलत: घरेलु हिंसाका घटना अधिक मात्रामा बढिरहेको ईन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले बताउनुभयो । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको घटना हेर्दा जिल्लामा करिब १२१ वटा घरेलु हिंसाका मात्रै घटना भएको उहाँले बताउनुभयो । मदिराजन्य बस्तुको अत्याधिक प्रयोग,खुल्ला विक्री वितरण, गरिबी, अशिक्षा, रुढिवादी परम्परा लगायतका कारण घरेलु हिंसालाई थप प्रश्रय दिएको ईन्सेकले जनाएको छ।

त्यसैगरी जिल्लामा बालअधिकार हनन् का २१ वटा,बलात्कार ११ वटा,परिवारबाट हत्या ५ वटासहित जातिय विभेद,कुटपिट लगायतका झण्डै डेढ सय मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना विगत एक वर्षमा भएको तथ्यांक रहेको ईन्सेक प्रतिनिधि पराजुलीले बताउनुभयो । कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाहरुले पनि जिल्लामा मानवअधिकार हनन तथा ज्यादतीका घटना बृद्धि हुँदै जानु राम्रो नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले मानवअधिकार संबेदनसिल भएकाले यसको न्यूनीकरणका लागि सबै पक्ष लाग्नु पर्ने बताउदै आफ्ना अधिकार लिदा अरुको हनन हुने बाताबरण सृजना हुन दिन नहुने बताउनु भयो । उहाँले जिल्लामा बाहिर नआएका अझै धेरै घटनाहरु हुन सक्ने बताउँदै मानवअधिकार पुस्तकमा सकेसम्म छुटेका घटनालाई पनि समावेश गर्नुपर्ने तथा स्थानीय तहसँग समन्वय गरेर घटना संकलन गर्नुपर्नेमा जोड दिनुभयो

स्थानीय तहका न्यायिक समितिका संयोजकहरुलाई सहयोगको लागि आफुले समन्वय गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला अदालतका श्रेस्तेदार जानकि रमण यादवले केही घटनाहरु छुटेको भन्दै छुटेका घटनाहरुलाई समावेश गर्नुपर्ने बताउनुभयो ।खुला सिमाका कारणपनि विभिन्न खाले अपराधका घटना बढ्ने गरेको सहभागीहरुले बताएका थिए।

कार्यक्रममा नेपाली विभिन्न पार्टीका नेता तथासरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x