विद्यार्थीको भविष्यसँग खेल्न मिल्दैन : नगर प्रमुख

एक महिनादेखि बन्द रहेका बर्दघाटका सामुदायिक विद्यालय सञ्चालनमा


एक महिनादेखि बन्द रहेका बर्दघाटका सामुदायिक विद्यालय सञ्चालनमा

नवलपरासी पश्चिम, वैशाख १९ — शिक्षक आन्दोलनका कारण एक महिनादेखि बन्द रहेका बर्दघाट नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएपछि शुक्रबारदेखि विद्यालयहरू सञ्चालनमा आएका हुन्।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विद्यालय पुनः सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै भने, “विद्यार्थीको भविष्यसँग खेल्न मिल्दैन। आन्दोलन अन्त्य भई कक्षा सञ्चालन सुरु हुनु सकारात्मक पहल हो। नगरपालिकाले सधैं शिक्षाको पक्षमा उभिनेछ।”

नगरपालिकाले विद्यालय सञ्चालनका लागि पटक–पटक शिक्षकहरूलाई आग्रह गर्दै आएको थियो। सम्झौता पश्चात् विद्यालयहरूमा पुनः पठनपाठन सुरु भएको र विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको शिक्षा शाखाका प्राबिधिक सहायक धनपती पौडेलले जानकारी दिए।

शिक्षकहरूले आन्तरिक समायोजन, पेशागत सुरक्षा, र सेवा सुविधासम्बन्धी माग राख्दै आन्दोलनमा उत्रिएका थिए।

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल