spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

ओलीको प्रश्न- छिमेकीसँग खुलस्त कुरा गर्न सकिँदैन भने भ्रमणमा किन जाने ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश हितका विषयमा कुनै कुरा गर्न नसकेको दोहोर्‍याएका छन् । शनिवार काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले भ्रमणमा देश हितका पक्षमा केही गर्न नसकेको दोहोर्‍याएका हुन् । 

उनले यसअघि पनि भारत भ्रमणमा देश हित हुने कुनै काम नभएको बताउँदै आएका थिए । ‘अस्ति भरखर प्रधानमन्त्री भारत जानुभो । कुन कुन सम्झौता गर्नुभयो केही बताउनुभएन । जे गर्नु पर्ने हो त्यो गर्नुभएन,’ ओलीले भने, ‘एपीजी प्रतिवेदन सम्बन्धनमा कुरा गर्नुपर्थ्यो, त्यसबारे कुरा गर्नुभएन । हाम्रो सीमाबारे कुरा गर्नुभएन । यस्ता थुप्रै कुराहरू भएनन् । नेपाली आवश्यकता र हित भएनन् । सत्ता स्वार्थ प्रधान भयो राष्ट्रिय स्वार्थ प्रधान भएन ।’

उनले छिमेकीसँगै सीमा समस्या हुने भन्दै समाधानका लागि खुलस्त कुरा गर्नुपर्ने समेत बताए । ‘सिमानाको समस्या छिमेकीसँगै हुन्छ । जापानसँग कसरी हुन्छ ? सीमा समस्या भारत र चीनसँग मात्रै हुने हो,’ उनले भने, ‘हामीले हाम्रो छिमेकीलाई खुलस्त कुरा गर्नु पर्छ । मित्रसँग हामी बोल्न सक्दैनौँ भने के त्यस्तो सत्ता र सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने भ्रमण किन जाने ?’

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x