spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नवलपरासीद्वारा शैक्षिक सामाग्री बितरण

राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटिले ३५औं स्थापना दिवसको अवसरमा बर्दघाट–१३ मा रहेको अखण्ड आधारभूत विधालयमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

युवा संघका जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला समिति सदस्य धनप्रसाद भट्टराईको अध्यक्षता र पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा निर्वतमान प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले युवाहरु पहिला आफु स्वयमले रोजगार सृजना गर्ने देखि रोजगारी दिने वातावरण सृजना गर्न लाग्नु पर्ने धारणा राख्नु भएको थियो । युवाहरुले समाजका सबैपक्षमा चासो नदिने र खवरदारी नगर्ने हो भने समाज अधोगति तिर जान सक्ने भएकाले सामाजिक सेवामा समर्पित हुदै समाज परिर्वतनमा लाग्न युवाहरुलाई आग्रह गर्नु भएको थियो ।

अखण्ड आधारभूत विधालयका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण गर्ने कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटिका सदस्य रामबहादुर भण्डारी लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत युवासंघले गरीव तथा विपन्न परिवारका बिद्यार्थीहरुको पढाईमा केहि राहत होस भन्ने हेतुले शैक्षिक सामाग्रिहरु वितरण गरेर आफ्नो संगठनको स्थापना दिवस मनाएको राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला अध्यक्ष धनप्रसाद भट्टराईले बताउनु भएको छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x