spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

५० प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गर्दै बर्दघाट नगरपालिका


बर्दघाट नगरपालिकाले आजदेखि हरियो घाँस विस्तार कार्यक्रम अन्तर्गत पशुपालक किसान संगको साझेदारीमा ५०% अनुदानमा वर्षिम घाँसको विउ वितरण कार्यक्रम सुरु गरेको छ ।


लागत साझेदारी अन्तर्गत करिव ५ लाख रुपैयाँ किसान र ५ लाख रुपैया कृषकवाट संकलन गरि रु १० लाख वरावरको करिव ३५ सय केजी वर्षिम घाँसको विउ वितरण गरिने र करिव १५०० जना किसान लाभान्वीत हुने बर्दघाट नगरपालिका का किसान लाभान्वीत हुने बर्दघाट नगरपालिकाका पशु शाखा प्रमुख भरत लम्सालले बताए ।


दुध उत्पादनका लागी उत्तम मानिने वर्षिम घाँसको विउ किसानलाई प्रतिकठ्ठा १ किलो का दरले ५०% अनुदानमा रु १४० मा नै किसानलाई पशु सेवा केन्द्र चौपत्ता र वर्डा न. ९ को कार्यालय भुताहा बाट वितरण सुरु गरिएको र किसानहरुले आफुलाई पायक पर्ने स्थानमा गई प्राप्त गर्न सकिने लम्सालले बताए ।


आर्थिक वर्ष ०७९÷८० को तथ्याङ्क अनुसार नगरमा करिव २०० जना व्यवशायीक र करिव १५०० जना साना किसानहरुको ६५०० वटा गाई भैँसी रहेको र उक्त पशुहरु बाट वार्षिक संकलन केन्द्रहरुमा मात्र २० लाख लिटर दुध संकलन भईरहेको र दुधमा बर्दघाट नगरपालिका आत्मनिर्भर रहेको साथै घाँसको बिउ वितरण गर्दा १०% दुध बृद्धि हुने र लागत कम भई किसानको आम्दानीमा समेत बृद्धि हुने अपेक्षा गरिएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।


गत वर्ष सहकारी मार्फत वितरण गरिएको घाँसको बिउ सबै किसानहरुले सहज रुपमा प्राप्त गर्न कठिनाई भएको हुँदा यस वर्ष नगरपालिका आफैले वितरण गरेको हो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x