spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

रुपन्देही स्थित लक्ष्मी सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समृद्ध समुदाय विकास केन्द्र द्वारा संचालित पास परियोजना अन्तर्गत को युवाहरुको समूह पास समूह न १ को आयोजना तथा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देही , नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

पास समूह न १ का कार्यक्रम संयोजक अब्दुल मुस्ताफाको सभाध्यक्षता, देवदह वडा १ का वडा अध्यक्ष दीपक नेपाल को प्रमुख आतिथ्यता र नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिब एब रुपन्देही जिल्ला शाखा अध्यक्ष कृष्ण चौहान क्षेत्रीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा १४ नया रक्तदाताहरु र १६ पुराना रक्तदाता गरि जम्मा ३० जनाले रक्तदान गरेका थिए । युवाहरुले स्वतस्फूर्तरुपमा रक्तदानजस्तो महान अभियानमा रुची देखाउनु र कार्यक्रम संचालन गर्नु उदाहरणीय कार्य रहेको स्वमसेवी रक्तदाता समाजका केद्रीय महासचिब चौहानको भनाइ रहेको थियो ।

सदैब सामाजिक रुपमा पिछडिएका भनिने वडा १ का युवाहरुमा आएको उर्जाशिलता , समाजप्रतिको जवाफदेहिता र अग्रसरताले पास परियोजना र समृद्ध समुदाय विकासकेन्द्रले संचालन गरेका योजनाहरुका मुर्त परिवर्तनहरुको अनुभूति भएकोले नै रक्तदान कार्यक्रमनै वडा न १ का युवाहरुलेनै व्यवस्थापन गर्दै आयोजना गर्नु गौरवको बिसय रहेको भनाइ प्रमुख अतिथि नेपालको रहेको थियो ।

कार्यक्रममा केरवानी खानेपानी संस्थाका सचिब दीपक पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो भने संचालन समृद्ध समुदाय विकास केन्द्र का व्यवस्थापक युबराज चापागाईंको रहेको थियो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x