spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

सकारात्मक अभिभावकत्व र तनाव व्यवस्थापन तालिम सम्पन्न

जयन्ती आधारभूत विद्यालयका अभिभावकहरुलाई एक दिवसीय सकारात्मक अभिभावकत्व र तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

बर्दघाट जेसिजको सहयोगमा जयन्ती आधारभूत विद्यालय को आयोजनामा बर्दघाट नगरपालिका वडा नं १३ स्थित ६५ जना अभिभावक हरुलाई सकारात्मक अभिभावकत्व र विद्यार्थी मा व्याप्त तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरीएको थियो ।


कार्यक्रमको समुद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगरपालिका वार्ड नं १३ का वडाध्यक्ष नरबहादुर चौधरीले बर्दघाट जेसीजले अभिभावकलाई लक्षित गरी गुणस्तरिय शिक्षाको वातावरण सिर्जना गर्न आयोजना गरिएको तालिम ले सकारात्मक समाजको निर्माण हुने र तालिम बाट लाभ लिन अभिभावकलाई आग्रह गर्नुभयो ।


आफू बदलिएर नै बालबालिकाको व्यवहार सुधार्न सकिने र सकारात्मक अभिभावक बन्नका लागि आवश्यक रणनीतिहरु र बालबालिकाको मनोविज्ञान बुझी तनाव व्यवस्थापन गर्न आवश्यक ज्ञान प्राप्त भएको र अब आफै बछाहरुको प्रेरक बन्नुपर्ने अभिभावकहरुको भनाइ रहेको थियो ।
तालिमको सहजीकरण बर्दघाट जेसिजका अध्यक्ष जेसी गणेश पाण्डे सिसम् र महासचिव जेसी युवराज चापागाईले गर्नुभएको थियो ।


कार्यक्रम जयन्ति आधारभूत विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुमाया चापागाईको अध्यक्षता र शिक्षक शक्ति भण्डारी संचालनमा सम्पन्न भएको  थियो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x