माकर सामुदायिक सिकाई केन्द्र, बर्दघाट–४ को आयोजनामा बाढीपीडित क्षेत्रमा एक दिने मानव अधिकार शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा सदस्य तथा केन्द्रका व्यवस्थापन समिति सदस्य जनक बहादुर रावलले गरेका थिए भने प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष राजेन्द्र गौतम थिए।
केन्द्रकी सचिव तुल्सा बस्याल पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा २५ जना सहभागी थिए। प्रमुख प्रशिक्षकका रूपमा मानव अधिकार तथा शान्ति समाज, नवलपरासीका सभापति डा. शिव पौडेलले सहजीकरण गरेका थिए।
कार्यक्रममा मानव अधिकार, नागरिक कर्तव्य, लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा छलफल भएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमबाट ठूलो लाभ मिलेको बताएका छन्।
माकर सामुदायिक सिकाई केन्द्रले यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको छ, जसले स्थानीय समुदायमा सामाजिक जागरूकता बढाउन टेवा दिइरहेको छ।