हेलमेट नियन्त्रणमा लिने क्रममा कतिपयको हेलमेट हराएको पनि छ

भुमिसुधार तथा मालपोत कार्यालय, नवलपरासी पश्चिममा पार्किंङको अभाव, सेवाग्राहीद्वारा हेलमेट हराउने  गरेको गुनासो


भुमिसुधार तथा मालपोत कार्यालय, नवलपरासी पश्चिममा पार्किंङको अभाव, सेवाग्राहीद्वारा हेलमेट हराउने  गरेको गुनासो

परासी, नवलपरासी पश्चिम | वैशाख २६
भुमि सुधार तथा मालपोत कार्यालय, नवलपरासी पश्चिममा सेवा लिन आउने नागरिकहरू पार्किंङ अभावको समस्यामा परेको गुनासो गर्न थालेका छन्। कार्यालय परिसरमा पार्किंङको उचित व्यवस्था नहुँदा पनि त्यहाँ कार्यरत सुरक्षा गार्डहरूले सवारीसाधन पार्क गर्न नदिने, हेलमेट नियन्त्रणमा लिने र निजी पार्किंङ ठेक्का लिएका व्यक्तिमार्फत जरिवाना असुल्ने जस्ता गतिविधि भइरहेको सेवाग्राहीहरूले बताएका छन्।

सेवा लिन आएका रामग्राम नगरपालिका १७ का नाजीव दर्जी  भने, “मैले कार्यालयको छेउमै बाइक पार्क गरेको थिएँ, फर्किंदा मेरो हेलमेट गार्डले उठाएर लगेका रहेछन्। पछि निजी पार्किंङमा गएर ५० रुपैयाँ जरिवाना तिरेपछि मात्र फिर्ता पाएँ।”

यस्तै बर्दघाट नगरपालिका १३ का ऋषि तिवारीले  गुनासो गरे, “हेलमेट नियन्त्रणमा लिने क्रममा कतिपयको हेलमेट हराएको पनि छ, तर कार्यालय वा ठेक्का लिएका पक्ष कसैले जिम्मेवारी लिँदैन।”

यसरी जबर्जस्ती हेलमेट नियन्त्रण गरेर जरिवाना असुल्नुका साथै, हेलमेट हराउने घटनासमेत बढ्दै जानु कार्यालय प्रशासनको लापरवाही र नागरिक अपमानजस्तै भएको सेवाग्राहीहरूको भनाइ छ। उनीहरूले यसलाई शोषण र अनियमितताको स्पष्ट उदाहरण मानेका छन्।

पार्किंङ जस्तो आधारभूत सुविधा बिना सेवा लिने व्यक्तिलाई दु:ख दिने, सम्पत्ति नियन्त्रण गर्ने, र जबर्जस्ती शुल्क असुल्ने कार्य गैरकानुनी भएकोप्रति सेवाग्राहीले गुनासो गरेका छन्।

यस विषयमा कार्यालय प्रमुख दामोदर भण्डारी सँग सम्पर्क गर्दा “नगरपालिकाले दिनभर नगरप्रहरी खटाउन नसकेकोले हामीले हाम्रो सुरक्षा गार्ड खटाएका थियौं ,अब हामीले उसलाई फिर्ता बोलाउछौ ।”

स्थानीय सरकार संचालन ऐन २०७४ ले पार्किंङ ब्यबस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल