spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

रासायनिक मल बिक्री गर्ने सहकारी संस्थाहरूको अनुगमन सम्पन्न

कृषि ज्ञान केन्द्र नवलपरासी (ब.सु.प) ले रासायनिक मल बिक्री गर्ने सहकारी संस्थाहरूको अनुगमन गरेको छ l बर्दघाट  नगरपालिका भित्र रहेका ४ वटा सहकारी संस्थाको अनुगमन कृषि ज्ञान केन्द्र प्रमुख रविन्द्रनाथ चौवे ,कृषि अधिकृत नवीन गैरे , कृषि प्रसार अधिकृत दशरथ प्रसाद कोइरी ,कृषि सामाग्री कम्पनी लिमिटेड परासी शाखा प्रमुख नरहरि पोखरेल , बर्दघाट नगरपालिकाका उपप्रमुख तथा स्थानीय तह मल वितरण समितिका संयोजक रुद्र प्रकाश उपाध्याय र बर्दघाट नगरपालिका कृषि विकास शाखाका नायब प्राविधिक सहायक खुमाकान्त न्यौपाने लगायतले अनुगमन गर्नुभएको थियो l

अनुगमनका क्रममा साना किसान कृषि सहकारी संस्था लि जहदा बर्दघाट १३ , साना किसान कृषि सहकारी संस्था लि माकर बर्दघाट ४  , जनभावना बहुउद्देश्यीय सहकारी संस्था बर्दघाट १२  र माकर बहुमुखी सहकारी संस्था बर्दघाट ४ लाई मूल्य सुची सहितको बोर्ड राख्न सुझाव दिइएको थियो l सबै सहकारीबाट गत आब मा बिक्री गरिएको मलको परिमाण र हाल बिक्री गरिएको मलको परिमाणको विषयमा जानकारी समेत लिइएको थियो l

अनुगमनका क्रममा सहकारीलाई मल बिक्री बितरण प्रकियाको बारेमा जानकारी गराउनुका साथै सहकारी बाट  प्राप्त सुझाबलाई समेत टिपोट गरि त्यसको सम्बोधन हुने जानकारी गराइएको छ  l

हाल सहकारीहरुमा  रहेको स्टक मलको निरीक्षण गरि कोटा निर्धारण गरेर पनि लिन नगएमा स्वतः उक्त कोटा खारेजी गरि अन्य सहकारी संस्था वा अन्य पालिकालाई दिने कृषि सामाग्री प्रमुख पोखरेलले  जानकारी दिनु भयो l हालको अवस्थालाई मध्य नजर गर्दै किसानहरूलाई जग्गाको हिसाब बाट प्रति कट्ठा  वालि अनुसार नेपाल सरकार बाट सिफारिस दर मात्र वितरण गर्ने सहकारीहरुलाई डा.रवीन्द्र नाथ चौवेले जानकारी दिनु भयो lत्यस्तै बर्दघाट नगर उप प्रमुख एवम् रासायनिक मल वितरण संयोजक रुद्र प्रकाश उपाध्यायले कृषकहरूलाई सरल र सहज तरिकाबाट मल उपलब्ध गराउन साथै आफ्नो कार्यक्षेत्र भित्रका मात्र किसानहरूलाई मल वितरण गर्न निर्देशन दिनु भयो र अन्य पालिकाको तुलनामा बर्दघाट नगरपालिकामा  करिव ३ वाली लगाइने र पशुपालनको क्षेत्र पनि बढि भएकाले घाँस खेतीको लागि पनि मल अावश्यक पर्ने भएकाले यस  क्षेत्रको लागि मल विनियोजन गर्दै अलि बढि प्राथामिकता दिनु पर्ने बताउनु भयो l

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x