spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बर्दघाट जेसीजको लोम अफिसर तालिम सम्पन्न

बर्दघाट जेसीजको  आयोजनामा सोमवार लोम अफिसर तालिम सम्पन्न भएको छ ।

शाखाका पदाधिकारीको  काम, कर्तव्य र अधिकार बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका अध्यक्ष  युवराज चापागाँईले जानकारी दिनुभयो ।

तालिममा नेपाल जेसीज क्षेत्र घ का तालिम संयोजक तथा बर्दघाट  जेसीजका नि वर्तमान  अध्यक्ष गणेश पाण्डे ‘शिसम’ले सहजिकरण  गर्नुभएको थियो ।तालिममा शाखाका पदाधिकारीको  सहभागिता रहेको थियो ।

शाखाका अध्यक्ष युवराज चापागाँईको अध्यक्षता र कार्यक्रम संयोजक तथा उपाध्यक्ष  भुपाल शर्माले संयोजन  गर्नुभएको थियो।

तालिममा नेपाल जेसीजका राष्ट्रिय बोर्ड  सल्लाहकार  गणेश प्रसाद न्यौपाने  शुभकामना मन्तव्य राख्नुभएको थियो । शाखाका कार्यकारिणी उपाध्यक्ष  रविन शर्मा चापागाँईको  स्वागत रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव नारायण पाण्डेले गर्नुभएको थियो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x