spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्दै बर्दघाट नगरपालिका

बर्दघाट नगरपालिकाले आज देखि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण कार्य सुरु गरेको छ ।नगरपालिकाले नगर क्षेत्र भित्र रहेका ५ वटा सहकारी मार्फत अनूदानको गहुँको बिउ वितरण गर्ने प्रबन्ध मिलाएको छ ।

बर्दघाट नगरको माकर साबिक माकर गाबिसको लागी माकर बहुमुखी सहकारी संस्था बर्दघाट , पंचनगर क्लस्टरमा मधुबन बहुउद्देशिय सहकारी र पंचनगर महिला कल्याण सहकारी संस्था भुताहा र, जहदा क्लस्टरमा सानाकिसान कृषि सहकारी संस्था बर्दघाट १३ र जनभावना बहुउदेश्यीय सहकारी संस्था बर्दघाट १२ र दाउन्नेदेवी क्लस्टरमा साना किसान कृषि सहकारी संस्था दाउन्नेदेवी मार्फत बितरण गरिएको नगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

कृषक सहभागीतामा खाद्दान्न बालि प्रबर्दन कार्यक्रम अन्तरगत करिव ६० टन गहुको बिउ वितरण गरीने र किसानले प्रतिकेजी ८५ रुपैया ५० प्रतिशत रकम भुक्तानी गरेर सहकारी मार्फत बिउ उपलब्ध हुने र कृषकले आर्थिक वर्ष २०८०/८१ को मालपोत तिरेको रसिद र नागरीकता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्ने कृषि शाखा प्राबिधिक खुमाकान्त न्यौपानेले जानकारी गराए ।

हामीले मुख्यतया जमिन बाझो रहने समस्याको समाधान र किसानहरु प्रति नगरपालिका उत्तरदायी रहेको सन्देश र कुल ग्राहस्थ उत्पादनमा समेत सकारात्मक सहयोग हुने हिसाबले अनुदानमा बिउ वितरण गरीएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए ।

खाध्यान्न बालीमा नगरलाई आत्मनिर्भर गराउन करिब ३० लाख रुपैया बिउ बिजनमा अनुदान दिई किसानको लागतमा सहयोग गर्ने उदेश्यका साथ अनुदानमा गहुँको बिउ बितरण गर्न लागीएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।नगरले गहुँ संगै मकै तोरी धान लगाएका बिउमा पनि अनुदान वितरण गरीएको श्रेष्ठले बताए ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x