spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

बर्दघाट ९  नगरकै पहिलो बालमैत्री वडा

रबिन शर्मा चापागाई  । नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियानले सार्थकता पाउन थालेको छ । २०७६ साल देखी बालमैत्रीका क्षेत्रमा विभिन्न कार्यहरु हुँदै आएकोमा शुक्रबार वडा नम्बर ९ नगरकै पहिलो बालमैत्री वडा घोषणा भएको छ ।

लुमिवनी प्रदेशका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले एक कार्यक्रमका बिच वडालाई बालमैत्री घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका पाठकले बालबालिकाहरु भोलीका बर्णधार मात्र नभएर बर्तमानका साझेदार पनि भएको बताए ।

तोकिएका सुचक पुरा गरेर बालमैत्री घोषणा गर्नु मात्र मुख्य कुरा नभई यसको दिगोपनाको सुनिश्चिता संगै हरेक क्षेत्रमा बाल सहभागिताको प्रत्याभुति हुनुपर्ने उनको भनाई छ । स्थानिय तहका कार्यक्रमहरुमा बालबालिकाहरुको सहभागिता गराउँदा विधिको शासन र सुसासन कायम हुनेमा पाठकले जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले पश्चिम नवलपरासीका सुनवल नगरपालिका र रामग्राम नगरपालिका बालमैत्री स्थानिय सासन युक्त नगरपालिका घोषणा भैसकेकोमा बर्दघाट नगरपालिका र सरावल गाउँपालिका घोषणा उन्मुख भएको बताए । उनले बालमैत्रीका लागि तोकिएका सुचकहरुको निरन्तरको पालनालेनै बालमैत्री स्थानिय शासनलाई दिगो बनाउने उनको भनाई रहेको थियो ।

नगर प्रमुख सम्भुलाल श्रेष्ठले वडा नम्बर ९ ले वडालाई बालमैत्री घोषणा गर्ने पहिलो वडाको रुपमा पहिचान बनाएको बताए । उनले अबको २ बर्ष भित्र नगरका १६ वटै वडालाई बालमैत्री घोषणा गरी सिंगो नगरलाईनै बालमैत्री नगर बनाउने उद्घोष गरे ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले घोषणा संगै दिगोपनाका लागि सबैको साथ आवश्यक रहेको उल्लेख गरे । बालमैत्री वडा घोषणा संगै बालबालिका स्वयमले त्यसको महसुस गर्नुपर्ने र हरेक क्रियाकलापमा बाल सहभागिताको सुनिश्चितता हुनुपर्ने धारणा राखे ।

वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईले निरन्तरको प्रयास र सबै क्षेत्रको सहयोगले वडालाई बालमैत्री घोषणा गर्न सकिएको बताए । उनले वडाले तोकिएका सबै सुचक पुरा गरी घोषणा गरिएकोमा सुचकको निरन्तरताका लागि वडाको तर्फबाट योजना बनाएर काम गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटा, इन्द्रणी सामाजिक बिकास मञ्चका कार्यकारी प्रमुख बद्री प्रसाद सुबेदी, राजा माबीका प्रधानाध्यापक पुस्पराज अधिकारी, बालमैत्री सहजकर्ता शर्मीला पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा वडा सचिव हेमा बन को स्वागत मन्तब्य रहेको थियो भने संचालन पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले गरेका थिए ।

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x