spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

बर्दघाटको न्यायिक समिति प्रति जनताको विश्वास बढदै

१३९ वटा उजुरीमा ९० वटा समाधान

रबिन शर्मा चापागाई , नवलपरासी

बर्दघाट नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक बर्ष २०७९÷०८० मा १ सय ३९ वटा उजुरी परेका हुन् । न्यायिक समिति प्रति विश्वास बढदै गएपछि उजुरी दिनेको संख्या बढेको छ ।

न्ययिक समितिमा परेका उजुरी मध्ये ९० वटा उजुरी समाधान भैसकेका छन् । ४० वटा उजुरी प्रकृयामा रहेको र ९ वटा उजुरी जिल्ला अदालत परासीमा पुगेको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बताए ।

गत आर्थिक बर्षमा सबैभन्दा धेरै उजुरी जग्गा भोग सम्बन्धी ६८ वटा परेका छन् । दोश्रोमा लेनदेनका ३७ वटा उजुरी परेका छन् । पति पत्नी विवादका १९, बाटो तथा सार्वजनिक जग्गा १०, ज्याला मजदुरी ३, पालनपोषण का ३ वटा उजुरी परेका छन् ।

आ.व. २०७४/०७५ मा ७१ वटा, आ.व २०७५/०७६ मा ८० वटा, आ.व. २०७६/०७७ मा ३० वटा, आ.व. २०७७/०७८ मा ३१ वटा, २०७८/०७९ मा ३० वटा र २०७९/०८० मा १३९ वटा उजुरी परेका छन् । जुन स्थानिय सरकार स्थापना भएदेखी हाल सम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै हो ।

अझै पनि सबै नागरिकलाई न्यायिक समितिमा उजुरी दिएर न्याय पाउन सकिन्छ भन्ने कुराको हेक्का नहुँदा अदालतमै पुग्ने गरेको पाईन्छ । विगतका बर्षको तुलनामा पछिल्ला बर्षहरुमा न्यायिक समितिमा उजुरी दिनेको संख्या बृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । यसो हुनुमा न्यायिक समितिले उजुरीको सहि रुपमा टुंगो लगाउने गरेको र नागरिक स्तर सम्म न्यायिक समितिले विभिन्न कार्यक्रम संचालन गरिनु मुख्य कारण रहेको न्यायिक समिति सदस्य मञ्जु चालिसेले बताईन् ।

निवेदकले निवेदन दिएको आजको भोलि नै काम हुनुपर्छ भन्ने मानसिकता, न्यायिक समितिका क्षेत्राधिकार भन्दा बाहिरका निवेदन आउने, म्याद सुचना लगायत पत्राचारका लागि जनशक्ति अपुग, कतिपयले स्थानिय सरकार र न्यायिक समितिको अस्तित्व स्विकार गर्न नसक्नु जस्ता चुनौती रहेको न्यायिक शाखाका कर्मचारी नारायणदत्त घिमिरे बताउँछन् ।

१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा ८७ जना मेलमिलापकर्ता सुचिकृत भएर काम गरिरहेका छन् ।

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x