बर्दघाट, भाद्र २०
बर्दघाट नगरपालिका–७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार सामुदायिक अंक तालिका (Community Score Card) सार्वजनिक गर्दै योजना तर्जुमा बैठक सम्पन्न भएको छ। कार्यक्रममा २५० भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो भने नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), शिक्षक–अभिभावक संघ (शि.अ.सं.), बाल क्लब, शिक्षक तथा समुदायका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठले विद्यालयको गुणस्तरीय शिक्षाका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उपप्रमुख रुद्रप्रकाश उपाध्याय, वडा अध्यक्षहरू रोहित थारु र धुर्व थारु, वडा नं. ६ र ७ का वडा सदस्यहरूको समेत उपस्थिति रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिखु थारुले अध्यक्षता गर्नुभयो।
कार्यक्रम माथी प्रस्ट पार्दै परियोजना निर्देशक युवराज चापागाईले भन्नुभयो,
“यो कार्यक्रम केवल विद्यालय मूल्याङ्कनमा सीमित छैन। यसले अभिभावक, शिक्षक, विद्यार्थी र समुदायबीच साझा जिम्मेवारीको संस्कार विकास गर्छ। सहकार्य र सहभागितामार्फत मात्रै गुणस्तरीय शिक्षा सम्भव हुन्छ, र यो प्रक्रिया त्यसलाई संस्थागत गर्न सहयोग पुर्याउँछ।”
सामुदायिक अंक तालिकाअन्तर्गत विद्यालय, अभिभावक र चार टोल/समुदायका मूल्याङ्कन प्रस्तुत गरियो।
विद्यालय सूचक:
अभिभावक सूचक:
समुदाय/टोल सूचक:
सरोकारवालाको भनाइ
अभिभावक तर्फबाट सूचकहरूको विश्लेषण कार्यक्रम संयोजक सिसम पाण्डेले प्रस्तुत गर्नुभयो भने शिक्षक तर्फबाट प्रधानाध्यापक शेषकान्त पौड्यालले विद्यालय मूल्याङ्कन प्रस्तुत गर्नुभयो।
बाल क्लब अध्यक्ष सागर लामिछानेले भने,
“सामुदायिक अंक तालिकाले विद्यार्थीलाई विद्यालय सुधार प्रक्रियामा प्रत्यक्ष सहभागी बनाएको छ। हामी विद्यार्थीहरूले सिकाइलाई अझ प्रभावकारी बनाउन थप जिम्मेवारीसहित योगदान गर्नेछौं।”
विद्यार्थी प्रतिनिधि सोनिया बिकले परियोजना सञ्चालनपछि कमजोर विद्यार्थीलाई समेत सिकाइ सहज भएको अनुभव सुनाइन्। मेन्टर शिक्षक भागीरथी सुवेदीले सहयोगात्मक सिकाइ विधिमा आधारित डेमो कक्षा सञ्चालन गरी अभिभावकलाई प्रत्यक्ष रूपमा विद्यार्थीको कक्षामा सिकाइ विधीको अनुभव दिनुभयो।