संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्वारा दिव्यज्योति बहुमुखि क्याम्पसमा तालाबन्दी


संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्वारा दिव्यज्योति बहुमुखि क्याम्पसमा तालाबन्दी
  • लाल मोहर
  • श्रावण २९, २०८२

नवलपरासीको चिसापानीस्थित दिव्य ज्योति बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त सङ्घर्ष समितिले तालाबन्दी गरेका छन्। क्याम्पस सञ्चालक समितिको २०८२ श्रावण २६ गते बसेको बैठकका निर्णयहरूमा असहमति जनाउँदै तालाबन्दी गरिएको हो।

विद्यार्थी संगठनहरूले १०+२ र स्नातक तहको शुल्क वृद्धि, भ्रमण शुल्क, तथा प्राध्यापक–कर्मचारीको पारिश्रमिक र महङ्गी भत्ता बढाउने निर्णय अमान्य गर्न माग गरेका छन्। उनीहरूका अनुसार शुल्क वृद्धि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि शिक्षा पहुँचमा अवरोध हुने र शिक्षा क्षेत्रको मूल भावनाविपरीत रहेको छ।

तीन दिनभित्र निर्णय सच्याउनुपर्ने चेतावनी दिँदै संयुक्त विद्यार्थी सङ्घर्ष समितिले चेतावनी दिएको छ—अन्यथा उनीहरू कठोर आन्दोलनमा उत्रिनेछन्।

तालाबन्दीबारेको संयुक्त विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शशी वि.क., अनेरास्ववियुका अध्यक्ष प्रशान्त सुवेदी, नेविसंघका सभापति प्रशान्त गिरी, अखिल (क्रान्तिकारी बहुमत) का सचिव बिमला गीरी, र अनेरास्ववियु (क्रान्तिकारी) का सचिव शिशिर पौडेलको हस्ताक्षर रहेको छ।