मुगुको खत्याडमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, आठ जना घाइते


मुगुको खत्याडमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, आठ जना घाइते

 

मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैकुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।


ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतवार राति ९ बजेतिर वडा न ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट ७०० मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो।


घटनामा अन्य आठ जना घाइते भएका छन्। घाइते मध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।


घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।

हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

लेखकको बारेमा

  • उहाँ मोहन शाही Lalmohor.com का मुगु जिल्ला प्रतिनिधि हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल