पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दुम्किवासमा बाढीले डाइभर्सन बगायो

पुल मर्मत कार्य अझै शुरु नहुनु र वर्षासँगै डाइभर्सन बगिरहनुले स्थानीयवासी तथा यात्रुहरूलाई पटक–पटक सास्ती हुने गरेको छ।

दुम्किवासमा बाढीले डाइभर्सन बगायो

वैशाख १९ — नवलपुरको दुम्किवासस्थित विनयी खोलामा बनाइएको अस्थायी डाइभर्सन शुक्रबार बिहान आएको बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

विनयी खोलामाथिको पुल भासिएपछि तीन महिनादेखि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। तर लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।

हाल हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक मार्ग प्रयोग गराइएको छ भने ठूला सवारी साधनहरू रोकिएका छन्। डाइभर्सन पुनः निर्माणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पुल मर्मत कार्य अझै शुरु नहुनु र वर्षासँगै डाइभर्सन बगिरहनुले स्थानीयवासी तथा यात्रुहरूलाई पटक–पटक सास्ती हुने गरेको छ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल