सुनवल जेसीजको  उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न


सुनवल जेसीजको  उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न
  • लाल मोहर
  • बैशाख १५, २०८२


सुनवल जेसीजको आयोजना तथा वडा बाल सञ्जालको सह-आयोजनामा वडा बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरूका लागि दुई दिने उद्घोषण तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

सुनवल सामुदायिक सिकाई केन्द्रमा वैशाख १२ र १३ गते आयोजित तालिम सुनवल जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुवर्ण पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल, वडा सदस्य प्रशुराम कुँवर, बालकुमारी दर्जी, सुनवल जेसीजका पूर्व अध्यक्ष एवं क्लबकि अध्यक्ष तथा वर्ष २०२५ की अध्यक्ष सल्लाहकार जेसी जमुना थापा लगायतको विशेष उपस्थिती रहेको थियो।

तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक जेसी राजन शर्मा पौडेलले प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमको उद्घाटन सत्र वडा बाल सञ्जालले सञ्चालन गरेको थियो भने समापन सत्रको सञ्चालन वर्ष २०२५ की महासचिवले गर्नुभएको थियो।