spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

मणिपुर हिंसामा थप तीनजना मारिए

जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गए राति भएको पछिल्लो हिंसामा तीनजनाले ज्यान गुमाएका छन् ।

बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशंका गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो ।

यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागु गर्न विपक्षीले माग गरेका छन् । राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१ मा बोलाउन सिफारिस गरेको छ ।

मणिपुर उच्च अदालतले राज्यको बहुसंख्यक मेतेई समुदायलाई जनजातिको सूचीमा थप्न राज्य सरकारलाई आदेश दिएपछि गएको मे ३ देखि जारी मेतेई र कुकी समुदायबीचको झडपमा परी १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् ।

मणिपुरको वर्तमान अवस्थालाई लिएर केन्द्रमा हिउँदे अधिवेशन प्रभावित भएको छ । केही दिनअघि दुई महिलाको अस्मिता लुटेर उनीहरूलाई निर्वस्त्र बजार घुमाइएको बर्बर घटना र मणिपुरको वास्तविक वस्तुस्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सदनलाई जानकारी गराउनुपर्ने विधानसभा र लोकसभामा विपक्षी महागठबन्धनका सदस्यहरूले माग गर्दै आएका छन् । उनीहरूले दुवै सदनका कारबाही अवरुद्ध गर्दै आएका छन् ।

हालै विपक्षी गठबन्धनको एक प्रतिनिधिमण्डलले मणिपुरको भ्रमण गरेर राज्यको वस्तुस्थितिबारे जानकारी लिनुका साथै हिंसाका कारण विस्थापित भएकालाई राहत शिविरहरूमा भेटेको थियो । प्रतिनिधिमण्डलले राज्यपाल उइकेलाई भेटेर राज्यमा शान्तिसुव्यवस्था कायम गर्न विशेष प्रयासका निम्ति आग्रह गरेको थियो । रासस/एएनआई

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x