spot_img
Monday, October 14, 2024
Monday, October 14, 2024
spot_img

भारतमा उत्पादन हुँदै आइफोन-१५, चाँडै ‘एसेम्बल’ पनि सुरू गरिने

अमेरिकी सूचना-प्रविधि कम्पनी एप्पलको साझेदार कम्पनी फक्सकनले भारतमा नयाँ आइफोन उत्पादन सुरू गरेको छ। 

फक्सकनले तमिलनडुस्थित श्रीपेरम्बुदूरमा रहेको कारखानाबाट आइफोन-१५ को उत्पादन थालेको टाइम्स अफ इन्डियाले जनाएको छ।

फक्सकन टेक्नोलोजी ग्रुपको श्रीपेरम्बुदूर प्लान्टले अहिले द्रुत गतिमा काम गरिरहेको छ। चीनले आफ्ना कारखानाबाट पठाउन थालेको केही सातामै फक्सकनले पनि एप्पललाई आफूले उत्पादन गरेको आइफोन पठाउने तयारी छ।

योसँगै विश्वव्यापी रूपमा घोषणा भएलगत्तै, केही सातामै ‘मेड इन इन्डिया (भारतमा बनेको)’ आइफोन-१५ बजारमा उपलब्ध हुनेछ। टाइम्स अफ इन्डियाका अनुसार आगामी सेप्टेम्बर १२ देखि भारतमा बनेको आइफोन-१५ उपलब्ध हुने सम्भावना छ।

एप्पलले पनि भारतमा उत्पादित आइफोन-१५ सकेसम्म चाँडो र धेरै मात्रामा लिने बताइएको छ।

फक्सकनले उत्पादन गर्नेबाहेक, भारतले चाँडै आइफोन-१५ ‘एसेम्बल’ पनि गर्ने भएको छ। भारतीय कम्पनीहरू पेगाट्रोन र टाटा ग्रुपले आइफोन-१५ एसेम्बल गर्ने भएका हुन्। यसका लागि यी दुई कम्पनी बैंगलोरमा रहेको ताइवानी कारखाना किन्ने प्रक्रियामा रहेको बताइएको छ।

सन् २०२२ सेप्टेम्बरदेखि फक्सकनले भारतमा आइफोन-१४ एसेम्बल सुरू गरेको थियो। त्यो बेला विश्वव्यापी रूपमा नयाँ आइफोन सार्वजनिक भएको केही सातापछि नै भारतले एसेम्बल गर्न थालेको थियो।

एप्पलका सिइओ टिम कुक केही समयअघि भारत भ्रमणमा पनि आएका थिए। सो क्रममा उनले भारतीय बजार र कारखानाहरू अध्ययन तथा अवलोकन गरेका थिए। त्यो बेला एप्पलले मुम्बई र दिल्लीमा आफ्नो नयाँ स्टोर सुरू गरेको थियो।

केही दिनअगाडि मात्र टिम कुकले जुन महिनामा भारतमा आइफोनको बिक्रीले रेकर्ड तोडेको जानकारी दिएका थिए। भारतमा नयाँ एप्पल स्टोरहरूबाट भइरहेको व्यापार आफूले सोचेभन्दा धेरै राम्रो भएको पनि उनले बताएका थिए।

एउटा रिपोर्टका अनुसार एप्पलले अब वायरलेस इयरफोन ‘एयरपड्स’ को उत्पादन पनि भारतमा गर्ने तयारी गरेको छ। यसका लागि एप्पलले फक्सकनको हैदराबादस्थित कारखाना रोजेको बताइएको छ। आगामी डिसेम्बरमा यसको उत्पादन हुने र यसकै तयारीका लागि फक्सकनले यो कारखानमा ४० करोड डलर लगानी थप्ने योजना बनाएको छ।

नयाँ आउने आइफोन पहिलेभन्दा धेरै महँगो हुने अनुमान छ। आइफोन-१५ र आइफोन-१५ प्लसको मूल्य आइफोन-१४ का मोडलकै जति हुने भए पनि आइफोन-१५ प्रो र आइफोन-१५ प्रो म्याक्सको मूल्य योभन्दा धेरै महँगो हुने अनुमान छ।

Author

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x