spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

सामुदायिक शिक्षा र चिरफार

शिक्षा विकासका लागि नेपाल सरकारले ठोस कदम चाल्न सक्दैन । शिक्षा ऐन जारी होला नहोला पुरानै ऐन कानुन प्रभावी छन । राजा महेन्द्रकै पालाको शिक्षा ऐेन पटक पटक संशोधन हुँदै आज सम्म पनि चलिरहेछ ।थुप्रै राजनीतिक परिवर्तन हुँदा पनि राष्ट्रिय शिक्षा ऐन टालटुल नै चलेको कुरा अवगत नै छ। राज्य संघीय संरचनामा गई सकेपछि स्थानीय सरकारले आफू अनुकुल स्थानीय शिक्षा ऐन बनाए तर राष्ट्रिय शिक्षा ऐन पुरानो छ ।
बर्दघाटले पनि ऐन जारी गर्यो कार्यन्वयनका क्रममा जटिलता, प्रश्न चिन्ह खडा गर्यो स्वार्थ समुहले आफू अनुकुल ऐनमा शब्द राख्ने प्रयास नभएका होइन् । पहिलो संशोधनले २/४ कुरा परिमार्जन गर्यो तर दबाब समुहको दबाबका बिच प्रयास सराहनीय नै रह्यो । सामान्य शिक्षक सरुवा र प्रधानाध्यापक को काज सरुवा गरेरै भए पनि व्यवस्थापन गर्ने काम गर्यो एक खुड्किला पार गर्न पनि बडो जोडबल लगाउन पर्यो ।

नगरले योजना बनायर अगाडि बढेमा र वडाले तदारुकता देखाएमा सुधारमा सङ्केत देखिन सक्छन्। बिधालयमा पुग्दा टिठ लाग्दो बाताबरण छ ।


समुदायले रुचाइएको ,राजनीतिक जोड घटाउ मिलाएको कारण र परिवर्तन को सूचक राम्रो देखिएका कारण राष्ट्रिय मा वि विधि विपरीत पनि यथावत रहन सफल रह्यो ।शिक्षक सरुवामा अन्यायपूर्ण तवरले गैर जिल्लावासी भएकै कारण कुनै एक शिक्षकलाई नित्यानन्द पुर्याउनु गलत थियो । विधि बनाइसके पछि विधि विपरित देखिने र सुनिने गरि काम हुनुहुँदैन सरोकारवाला निकाय शिक्षक महासंघ र शिक्षकका सघ सङ्गठन पनि मुकदर्शक जस्तै भए वा स्वार्थ अनुकुल चले चलाइए। थोरै धेरै भागबन्डामा प्र अ बनाईयो हालको प्रतिपक्ष पनि विगतको भन्दा प्र.अ आफ्नो पात्रहरू थपिएकोमा गणनामा मख्ख नै थियो तीन तह को सरकार नै आफ्नो बन्दा पनि सिन्को नभाची गएको विगतको सरकार लाई लाज पनि लजायो होला । ऐेन सिरानी मुनि च्यापेर सुती रहेका थिए ।
मनोज गजुरेलले भने झै निजी बिद्यालय आधिकांश पकडमा राखेकोमा र मध्यम वर्ग लाई लक्षित गरि आफ्ना को बचाउमा लाग्दा लाग्दै सर्वहारा ,निमुखा र गरिबलाई गिज्याउँदै सके ऐन रोक्न नसके तोडमोड र आफु अनुकुल बनाउन एउटा तप्का लागिपरेको छ लागिरहन्छ ।त्यो व्यापारीको धर्म हो उ सेवा भन्दा नि व्यापार घाटा र नाफामा रमाउँछ म भए पनि त्यही गर्थे र सोच्थे ।अब पनि नसुधार्ने हो भने कसले सुधार्ला मनन गर्नु जरुरी छ। शिक्षक संघ सङ्गठन मा रुचि अनुसार र आस्था अनुसार अट्न पाइन्छ तर महासंघ भागबन्डा राजनीति भन्दा माथि उठेर गर्न सक्नुपर्छ र नेतृत्व सबल र सक्षम हुनुपर्छ ।
शिक्षक कर्मचारीको आवाज बोल्नुपर्छ विगतमा पनि रबर स्टाम्प देखियो महासंघ नेतृत्व हाल बर्दघाटको हकमा महिला नेतृत्व पाएको छ महासङ्घले तर सोचे अनुरूप चलायमान भएको छैन । अब नयाँ सेसनको बेला आउन लाग्यो सामुदायिक शिक्षा सुधारका लागि आजैबाट पहलकदमी चालोस् । पाठ्यक्रम ,तालिम ,क्यालेन्डर ,पाठ्यपुस्तक छनौटका लागि छलफल बहस महासङ्घले चलाउन जरुरी छ जुन सुधारका लागि जरुरी छ । जिल्ला महासंघ पनि प्राकृतिक र प्राविधिक कारणले नेतृत्व बिहिन बन्न पुगेको छ छिट्टै पूर्णता पाओस् शुभकामना । ‌
नगरभरिका सामुदायिक बिद्यालय का शिक्षक सरकारी तालिमको भरमा निखार आउन सक्दैनन् तालिमका लागि नगरले वर्षमा तहगत र विषयगत तालिमको लागि बजेट व्यवस्था गरोस् । २० वर्ष पूरा गर्नुभएका र अपडेट हुन नचाहने र शिक्षण पेशालाई गर्व भन्दा जागिरे प्रवृत्तिका अग्रजहरूले निकास दिनु पर्दछ या ५ वर्ष एउटै बिद्यालयमा बिताएका शिक्षकलाई टाढा होइन नजिकैका बिद्यालयमा बिना हिचकिचाहट सार्नु पर्छ यसले दबाब , नयापन र नयाँ वातावारण प्रदान गर्छ निखार र उर्जा दिन्छ । नियतबस कसैलाई दुख दिनु हुदैन पढाइ राखेको र भिजेको ठाउँ छाड्दा न्यास्रो लाग्न सक्छ लागोस् तर परिवर्तनमा योगदान गर्न शिक्षक तयार रहनुपर्छ ।
बिद्यालयले परीक्षा र अतिरिक्त क्रियाकलाप मा स्व क्यालेन्डर बनाउन रणनीतिक रुपमा आजबाटै लाग्नु पर्छ। बैशाख मा भर्ना पछि क्यालेन्डर बनाउनु भनेको नगर्नु जस्तै हो सम्बन्धित बिद्यालयले नै छलफलबाट क्यालेन्डर बनाएर अगाडि बढ्नु जरुरी छ जुन अब मात्र एक महिना मात्र बाँकी छ। निजी बिद्यालयका हकमा नगर ले छलफलबाट समय तालिका ,पाठ्यक्रम र पाठ्यपुस्तकमा एकरुपता ल्याउनुपर्छ ।
नगरका विशेष तालिममा शिक्षक र बार्षिक अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धामा मा सस्थागत र सामुदायिक लाई सघै लानु सक्नु पर्दछ चाहेमा । फुलबारी निर्माणमा गर्व गर्ने हाम्रा अभिभावक गुणस्तर सुधारमा २ बर्षमा खासै पहल कदमि गरेको मैले देखेको छैन।
राहत र करारमा शिक्षक कर्मचारी नियुक्ति गर्दा एउटा बिज्ञापन मा लगभग ४०-४५ हजार खर्च हुँदो रहेछ स्रोत हुने बिद्यालयले त तिर्लान नहुनेले पनि त्यति नै होला ? सुनेको छु आजकल नगरले दिने गरेको छ । यसमा क कसको सहिको कति रुपैयाँ छ सुचना अधिकारी सङ्ग सुचना लिनु छ ।स्रोत नगरले दिए पनि जनताको कर हो कहाँबाट ल्याउलान ,नगरको को कसले सहि गर्छन ? एउटा न एउटा हाजिर गर्ने मेसो हुँदो रैछ ?
तलब बाहेक अनि शिक्षकलाई तलब पनि ३ महिनामा दिनुहुन्छ ।सुधार्न सकिँदैन कि दबाब मात्र सृजना गर्ने हो । प्रविधिमैत्री शिक्षाका कुरा छन् कत्तिको सबल छ हाम्रो मानव संसाधन ,त्यसको तयारी कहिले गर्ने । परीक्षा प्रणालि ,परीक्षा समिति र प्रश्न निर्माण को अवस्था अन्तिम परीक्षाको नतिजाले जनाउला ।
नेपाली मिडियमका विद्यार्थीहरुको सिकाइ उपलब्धि कति कमजोर छ हेर्न कक्षा ११ का विद्यार्थीमा उपलब्धि परिक्षण गरि हेरौ । कक्षा ११ र १२ को सिकाइ उपलब्धि र नतिजा बिश्लेष्णमा दोषि त्यहि तहका शिक्षक मात्र होलान ? कि समाज, अभिभावक ,शिक्षक र नियामक निकाय दोषी छ । बालुवामा पानी हालेर कहिले अडिन्छ महोदय ।
हुन त यो हजुरहरुको मात्र समस्या होइन राज्यकै समस्या हो तपाईं हामी यहीँ रहेर पनि योजना निर्माण ,कार्यन्वयन र सुधार गर्न सक्दैनौ भने कसरी राज्यले सक्छ ।७ सय ५३ पालिका नै उठ्यो भने कसो नसुधारिएला र शिक्षा । एउटा पोस्टमा सबै भन्दा बढि छात्रवृत्ति दिने बिद्यालय भनेर देखेको थिए के सक्नु हुन्छ छात्रवृत्ति व्यवस्थित गर्न गरिब निमुखाले पनि छात्रवृत्तिमा पढ्न सकुन् , विद्यार्थी अभिमुखिकरण, अभिभाबक र शिक्षक केन्द्रित तालिम कति भए , मन्टेश्वरिका नाममा कति च्याउ उम्रिएका छन् कहिल्यै पाइला टेक्नु भएको छ ।
ट्युसन जोन कस्ता छन केही जानकारी छ प्र अ हरुलाई कति पटक र कहिले कहिले नगरमा आउनुपर्छ ,एउटा सानो फाइल र चिठी बोकेर आफै कुद्नु पर्छ र ! प्रविधि जडान गरि बिद्यालय र शिक्षा युवा तथा खेलकुद शाखा लाई बजेट छुट्याउन सकिँदैन । एकै दिनमा ५/६ जना शिक्षक अनुपस्थित हुँदा कसरी सिकाइ वातावरण बन्दछ । बिदा हुँदा र अकस्मात् बिदा पाउँदा कति खुसि हुन्छन बिद्यार्थी शिक्षा नियमावली अनुसार बिदाको सदुपयोग गर्न पाउनु पर्छ तर संवेदनशिल क्षेत्रको विषय भएकाले वैकल्पिक व्यवस्था के हि गर्न सकिन्छ कि ? सुत्केरी हुनु प्राकृतिक कुरा हो तर शिक्षक सुत्केरी ,बिरामी र लामो समय सम्म बिदामा बस्नु पर्दा कसरी व्यवस्थापन गर्न सकिन्छ केही सोच्नु भएको छ? केही जगेडा शिक्षक भर्ना गर्न सकिन्छ कि ।
पाठ्यपुस्तक को मुद्दा सधैं जस्तो सिजनमा हुन्छन के अहिल्यै हल गरेर जान सकिदैन कि सुधारका लागि भएका प्रयासमा पनि अङ्कुश नै लगाउनु पर्छ । परीक्षा समितिलाई ५/८ को परीक्षा चलाउन दिँदा कस्तो होला? आन्तरिक मूल्यांकन बापतका नम्बर कसरी दिइन्छ पत्तो छ कि छैन ।के सबै बिधार्थि एउटै बर्गका हुन्छन र? कर्मचारी नपुगे कतैबाट तान्दा हुँदैन शिक्षामा लगानी गर्न किन हिचकिचाउनु भएको छ ? लगानी कुन ठाममा छ ,शिक्षक संघ संगठन र महासंघमा तात्त्विक फरक देख्दिन सब स्वार्थ र आफ्नो अनुकुल व्याख्या गर्छन । घोडाका बछेडा जस्ता शिक्षक हुनुपर्छ जुन हेर्दै रहर लाग्दा होउन् ।
सरकारले पोशाक बापत उपलब्ध गराएको रकम बराबर पनि कमैले सिलाउनु हुन्छ ,चश्मामा पावर बिग्रेको भए तीन महिना कुर्नुपर्छ ,चाडपर्व र दैनिकी खर्च ३ महिना सम्म लाज मानी मानी उधारो माग्नुपर्ने अनि ३ महिनामा बुझ्यो अनि रित्तै । अलिकति गडबड भयो कि समस्या र चिन्ता ,पल्लाघरे दाइले छानो नाना फेरि सक्दा सप्तमीको दिन साँझ घण्टी बज्छ मसान्त पछि किस्ता व्याजका समस्या कसलाई नहोलान् र? बिबाह र दुख बिमारको त कुरा छोडौँ सबैलाई पर्छ । यी र यावत समस्याका बाबजुद पनि माझी झै डुङ्गा खियाइ रहनु भएको छ । अधिकांश सामुदायिक बिधालयका अभिभाबकलाइ अभिमुखिकरण गर्नु जरुरि छ ।

नगरले योजना बनायर अगाडि बढेमा र वडाले तदारुकता देखाएमा सुधारमा सङ्केत देखिन सक्छन्। बिधालयमा पुग्दा टिठ लाग्दो बाताबरण छ । नेतृत्व परिवर्तन हुँदा को झलक जनता आधारभूत बिधालय भगजोगनिमा देख्न सकिन्छ र जानकीमा पनि थोरै सङ्केत देखिएको छ हेरौँ टिकाउ कति हुन्छ । जुत्ता ,स्विटर ,झोला र स्टेसनरी समेत उपलब्ध गराउन नसक्ने ५/७प्रतिसत बालबालिका जुनसुकै सामुदायिक बिधालयमा छन यस्लाइ कसरी हल गर्नु हुन्छ ।यी र यावत प्रश्न नगरप्रमुख ,उपप्रमुख ,शिक्षा ,युवा तथा खेलकुद शाखालाई गर्न चाहन्छु जनप्रतिनिधि ज्यू हरुको सकृयता हेर्दा खासै आस गर्न लायक अवस्था देखिदैन ।
प्रशासकीय र व्यबस्थापकिय तालिम प्रधानाध्यापक लाई दिनु जरुरी छ भने शिक्षकहरुलाई उत्प्रेरित गरनु जरुरि देखिन्छ ।टोल सुधार समिति देखि सबैमा राज्यकोषको लगानि ,जिम्मेवारी र अपनत्व आजको आवश्यकता हो । बुजुर्क अभिभावक ज्यु ले कर तिरेको महशुस गर्न पनि सामुदायिक बिधालय सुधारमा जोडिनु जरुरी छ । आफ्ना छोराछोरी सामुदायिक बिधालयमा नपढाई राजनिती गर्न सामुदायिक बिधालयका व्यवस्थापन समिति र अभिभावक सघमा बस्नु ऐन कानुन को धज्जि उडाउने र ती अबोध बालबालिका को भविष्य बर्बाद पार्नु हो । नियत सफा नभएका हरुले बिधालय शिक्षा सुधार गर्दैनन् चाहे शिक्षक ,जनप्रतिनिधि वा नेतृत्व । नगरले प्र अ को छुट्टै परीक्षा लिएर प्रबिधि मैत्रि , जोसजाँगर युक्त नेतृत्व प्रत्येक बिधालयलाइ दिएमा मात्र बिधालय सुधार गर्न सकिन्छ नकि उमेर , बढुवा र स्थाइ बाट मात्र सम्भव छैन ।

शिव प्रसाद पौडेल
(लेखक दिव्यज्योति मा वि बर्दघाट -२,चिसापानीमा शिक्षक हुनुनुन्छ )

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x