spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

कक्षा ७ मा पढ्दै बर्दघाटका ४४ बर्षिय कार्यपालिका सदस्य

बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य बुद्धेराम बिक अहिले कक्षा ७ मा पढ्दै हुनुहुन्छ ।यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।तर पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरणको रुपमा उहाँ उदाहरणिय पात्रको रुपमा प्रस्तुत हुनु भएको छ । उमेरले ४४ बर्ष पुग्नु भएका बिकको छोरी ६ कक्षामा पढ्दै छ्न । “कार्यपालिका सदस्य भएर पनि अनपढ जस्तो हुदा कार्यपालिकाका निर्णयहरु पढ्न र हरेक ठाउँमा पढाइ चाहिने रहेछ त्यसैले भर्ना भए “बिकले भन्नु भयो ।

सामाजिक ब्यक्तित्व भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक नै हुने तर आफुलाई शिक्षाकै कारण पछाडि परेको महसुस गरेको उहाँको भनाई छ ।चालू शैक्षिक सत्रबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको सरस्वती माबिमा उहाँ कक्षा ७ मा भर्ना हुनुभएको छ । “उमेर गएपनी पढ्न एकदमै उत्साह र रमाईलो लाग्छ,म बिद्यालय जान थापेपछी छोरीपनि खुसी छ “बिकले भन्नू भयो ।आफू बिद्यालय जान थालेको थाहा पाएका धेरै महिला मुलत:बालबच्चा भएका गृहणिले पनि हामी पनि पढ्नु पर्छ क्याहो भनेको बिकले सुनाउनु भयो ।समय नमिल्दा दैनिक रुपमा जान कठिन छ तर गैरहे छु”बिकको भनाई छ। सरस्वती माबिका प्रधानाध्यापक सोमनाथ अधिकारीले कार्यापलिका सदस्य बिकले निकै नै मेहनत गरेर पढाइ प्रती चासो दिने गरेको बताउनु भयो ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x