spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

नवलपरासीको बर्दघाटमा सुनचाँदी व्यवसायी माथि गोलि प्रहार

पश्चिम नवलपरासीको बर्दघाटमा सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा सुस्ता गाउँपालिका वडा नं १ बरुवामा रहेको न्यु धौलागीरी सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउको नजिक पुलमा अज्ञात ब्यक्तिको गोलि प्रहारबाट घाइते भइ उपचारको लागि चिसापानी अस्पतालमा पठाएको र घाइते सुनचाँदी व्यवसायी बिश्वकर्माको श्वासप्रश्वासमा समस्या देखिएपछि चिसापानी अस्पतालले रुपन्देही स्थित बुटवलको तिनाउ अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताएका छन् ।

सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको र उपचारका लागि बुटवलको तिनाउ अस्पतालमा पठाएको र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिए ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x