spot_img
Tuesday, May 21, 2024
Tuesday, May 21, 2024
spot_img

नवलपरासीको हर्बल तेल अन्तर्राष्ट्रिय बजारमा

राज अधिकारी

चिसापानी सामुदायिक वन उपभोक्ता समितीका महिलाहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यले वि.सं. २०६८ सालमा चिसापानी सामुदायिक जडिबुटी प्रसोधन उद्योग स्थापना गरिएको थियो । १६ जना महिलाहरुको लालिगुराँस जडिबुटी महिला समुहले प्रसोधन केन्द्र चलाइरहेको छ ।

तेल निकाल्न प्रयोग गरिने साइट्रोनेला, लेमनग्राँस, पातचौली, अदुवा, सुगन्धकोकिला, जटामसी, बोझो, पुदिना, कुट्की आदि औषधिजन्य वनस्पतिहरू चिसापानी जङ्गल क्षेत्रमै रोपिन्छ । प्रजाति अनुसार तेल निकाल्न वनस्पति उपयुक्त अवस्थामा पुगेपछि काटेर प्रसोधन केन्द्रमा ल्याइ वाफ आसवन (स्टिम डिस्टिलेसन) प्रक्रिया मार्फत तेल निकालिन्छ ।

यहाँ उत्पादित तेलको देश तथा विदेशमा राम्रो माग छ । पुदिना, अदुवा र बेसारको तेल मुख्यतः भारतमा निर्यात गरिन्छ । विशेष गरी क्यान्सर रोगीहरुको उपचारको लागि अदुवा र बेसारको तेल भारत जाने गर्छ । सुगन्धित तेल कस्मेटिक र डिटर्जेन्ट उद्योगमा बढि खपत हुने गर्छ । यहाँको आयुर्वेदिक तेल युरोपका विभिन्न देशहरूमा समेत निर्यात हुने गरेको छ ।

जडिबुटी प्रसोधन केन्द्रले वनजङ्गलको उचित व्यवस्थापन गर्नुका साथै महिलाहरुको जिवनस्तर उकास्न पनि अति महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रै वनजङ्गलका वनस्पतिबाट हाम्रै गाउँठाउँमा उत्पादन भएको हर्बल तेल अन्तर्राष्ट्रिय बजारमा पुग्नु गौरवको विषय हो । हाम्रा वनजङ्गलमा लुकेका यस्ता अमूल्य जडिबुटीहरू र तिनको उपयोगितालाई पहिचान र प्रसोधन गरि विश्व बजारमा पुर्‍याउन सकेमा हाम्रो देशले आर्थिक हिसाबले अवश्य फड्को मार्नेछ । यसका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको ध्यानाकर्षण हुनु जरुरी छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x