spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बर्दघाटको भटौलियामा ट्रष्ट भत्किदा १० जना मजदुर घाईते

पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १०जना मजदुर घाईते भएका छन् । बर्दघाट १२ स्थित भटौलियामा कजरिया टायल्स् उद्योगको निर्माणाधिन ट्रष्ट भत्किएको हो । घाईते अधिकाङ्स भारतिय मजदुर रहेको डिएसपि रेशम बोहोराले जानकारी दिनुभयो ।

उनिहरुको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको हुन सक्ने अस्पतालले जनाएको बोहोराले बताउनु भयो । छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट भत्किएको बताईएको छ ।विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिनुभयो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x