गरिबलाई जिउँदै मारिस वाह ! लोकतन्त्र
जनतालाई जालमा पारिस वाह ! लोकतन्त्र ।।
सामन्ती र शोषकबाट मुक्ती दिने नारा बोकि
रगतको खोलो तारिस वाह ! लोकतन्त्र ।।
इमान्दारलाई दुब्लो बनाईस भ्रष्टलाई मोटो
दलालीका घर चारिस वाह ! लोकतन्त्र ।।
सगरमाथा चुम्ने गरी भई रहेको बिकास
एकै पटक तलै झारिस वाह ! लोकतन्त्र ।।
जंगे खम्बा ढल्दा दुख्छ सुस्ता कालापानी
नत आफ्नो सिमा बारिस वाह ! लोकतन्त्र ।।
गरिबलाई जिउँदै मारिस वाह ! लोकतन्त्र
जनतालाई जालमा पारिस वाह ! लोकतन्त्र ।।
सामन्ती र शोषकबाट मुक्ती दिने नारा बोकि
रगतको खोलो तारिस वाह ! लोकतन्त्र ।।
इमान्दारलाई दुब्लो बनाईस भ्रष्टलाई मोटो
दलालीका घर चारिस वाह ! लोकतन्त्र ।।
सगरमाथा चुम्ने गरी भई रहेको बिकास
एकै पटक तलै झारिस वाह ! लोकतन्त्र ।।
जंगे खम्बा ढल्दा दुख्छ सुस्ता कालापानी
नत आफ्नो सिमा बारिस वाह ! लोकतन्त्र ।।
© रविन शर्मा चापागाई