लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि लालपुर्जा बिहिन भएको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाको लालपुर्जा बिहिन हुनु परेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउदै छिटो लालपुर्जा वितरणको लागि आग्रह गर्नु भएको हो । सुस्ता स्थित नारायणी नदिमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने बताउनु भयो ।
अहिले पनि सुस्ताका किसानको हातमा जग्गाको लालपुर्जा छैन । नागरिकताको समस्या उस्तै छ उहाले भन्नु भयो यहाँका किसानहरुको समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश सरकारबाट हुने हरेक कामहरुमा सुस्ता क्षेत्र प्राथमिकतामा छ, प्राथमिकतामा पर्ने छ । यस्तै मुख्यमन्त्री आचार्यले नारायणी नदिमा बनेको झोलुंगे पुलले सुस्तामा बसोवास गर्नेहरुलाई सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नु भयो । शिक्षा, स्वास्थ्य, कृषि र अन्य सुविधामा अव सुस्ता क्षेत्र अघि बढ्यो उहाले भन्नु भयो सुरक्षित यात्रा सम्भव भयो ।