विश्वभर धेरै देशहरुमा रहेको JCI, नेपालमा पनि JCI Nepal को नाममा आफ्नो योगदान गर्दै आएको छ । नेपालभर पुर्ण समर्थन पाएका १७८ शाखाहरु रहेका छन् । यिनै शाखाहरुका पदाधीकारीहरुसँगै नेपालकै मध्यभागमा अवस्थित पश्चिम नेपालकै सुन्दर सहर बुटवलमा राष्ट्रिय महाधिवेशन हुँदैछ । जसको आतिथ्यता बुटवल जेसीजले गर्दैछ । ४ दिन सम्म सञ्चालीत हुने महाधिवेशनले वर्ष २४ का लागी राष्ट्रिय अध्यक्ष सहितको टिमलाई निर्वाचित गर्नेछ । विभिन्न समुदाय र विचारका १८ देखी ४० वर्ष उमेर समुहका युवाहरुको साझा संगठनको रुपमा रहेको जेसीजले आफ्नो अभियानलाई व्यक्तित्व विकास सँगै नेतृत्व विकासमा आफुलाई अब्बल रुपमा उभाउन सफल र सक्षम भएको छ ।
JCI नेपाल युवा सशक्तिकरण र व्यक्तित्व सँगै नेतृत्व विकासको लागि एक महत्वपूर्ण प्लेटफर्मको रूपमा खडा छ। प्रशिक्षण कार्यक्रमहरू र विभिन्न कार्यशालाहरूको विस्तृत श्रृंखला प्रदान गरेर, JCI लगायत नेपाल भर सक्रिय रहेका १७८ शाखाहरूले युवा व्यक्तिहरूको व्यक्तिगत र व्यावसायिक सीपहरू बढाउनमा महत्त्वपूर्ण भूमिका खेलको छ। समुदायमा रहेका हरेक सक्रिय युवाहरु सवल र सक्षम हुन सकेमा समाज आफै सक्षम हुन्छ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै अघि बढेका जेसिज अभियानमा विश्वास गर्ने युवाहरु आज परिवर्तन आफै बाट हुनुपर्छ भनेर लागिरहेका छन् ।JCI को विश्वव्यापी सञ्जालले अमूल्य नेटवर्किङ अवसरहरू प्रदान गरिरहेको छ, जसले युवाहरूलाई विश्वभरका समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिन र विविध संस्कृति र व्यवसायिक सहयात्रा गर्न सहज वातावरण सिर्जना भएको छ। JCI गतिविधिहरूमा संलग्न हुँदै गर्दा व्यक्तिको व्यक्तिगत विकास , युवा सदस्यहरूमा उद्यमशीलताको भावना सिर्जना हुन्छ। यसबाहेक, संगठनले अन्तर्राष्ट्रिय एक्सपोजरको लागि कन्ड्युटको रूपमा काम गर्दछ, जसले युवाहरूलाई आफ्नो सपना फराकिलो बनाउन मद्दत पुर्याउने सम्मेलन र कार्यक्रमहरूमा भाग लिन उत्प्रेरित बनाउँछ। अन्ततः, JCI ले एक गतिशील प्लेटफर्मको रूपमा कार्य गर्दछ जसले युवाहरूलाई सशक्त बनाउँछ, उनीहरूलाई स्थानीय र विश्वव्यापी स्तरमा सकारात्मक प्रभाव पार्न आवश्यक सीप, मानसिकता र आत्मविश्वास प्रदान गर्दछ।
१८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवाहरु देशैभरि बाट बुटवल आउँदैछन् । विभिन्न पेशा तथा व्यवशायमा लागेका देशभरका सक्रिय युवाहरुको उपस्थितिले बुटवल लगायत यस आसपासका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, दाङ, नवलपुर का युवाहरूलाई यो ठूलो अवसर हुन सक्दछ । बन्धुत्वको भावनालाई आत्म साथ गर्दै शासन व्यक्तिको होइन विधिको हुनु पर्छ भनेर युवाहरुको ढुकढुकी बनेको नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुनाले कार्यक्रमको सँगसँगै विभिन्न सकारात्मक थप प्रतिफल समेत प्राप्त हुन सक्दछ ।
जेसीज अभियानमा लागेका युवाहरुले यस अभियानमा जुट्दै गर्दा विभिन्न किसिमका अवसरहरु प्राप्त गर्न सक्दछन् ।
१. नेटवर्किङ अवसरहरू:-
विभिन्न क्षेत्रका समान विचारधारा भएका व्यक्तिहरूसँग बन्धुत्वको भावना विकास हुँदै जाँदा कुनै एक ठाउँमा भएको उत्पादन, सिप तथा प्रविधिलाई सहज रुपमा आफ्नो बजारक्षेत्रभित्र प्रवेश गराउन असल वातावरण निर्माणमा यसको महत्वपुर्ण भुमिका रहन्छ ।
2. सीप विकास:-
नेतृत्व विकास, सञ्चार, र संगठनात्मक सीपहरू बढाउन का लागी सञ्चालन हुने कार्यशालाहरू, सेमिनारहरू, र प्रशिक्षण सत्रहरूमा भाग लिएर युवाहरुले आफुलाई अन्तराष्ट्रिय बजारसँग प्रतिश्प्रधा गर्न अब्बल सावित गर्न सक्दछ ।
3. विभिन्न परिप्रेक्ष्यहरूमा एक्सपोजर:-
विभिन्न संस्कृती, विचार, क्षेमता भएका विभिन्न पृष्ठभुमिका मानिसहरु सँगको अन्तरक्रियाका लागी राम्रो अवसर सिर्जना गर्न सकिन्छ ।
४. प्रेरणा र उत्प्रेरणा:-
सफल व्यक्तिहरू र प्रभावकारी परियोजनाहरूको एक्सपोजरले युवाहरूलाई नेतृत्व दायी भूमिका लिन र समाजमा सकारात्मक रूपमा योगदान गर्न प्रेरित र उत्प्रेरित गर्न सक्छ।
5. सामाजिक मुद्दाहरूको जागरूकता:-
सामाजिक चुनौतिहरू बारे हुने छलफलले जागरूकता बढाउन सक्छ, युवाहरूलाई सक्रिय रूपमा यी मुद्दाहरूलाई सम्बोधन गर्न र समाधान गर्न प्रोत्साहित गर्न सक्छ।
किन लाखौँ खर्च स्विकार गरेर महाधिवेशन आफ्नो ठाउँमा पार्न कस्सिन्छन् त युवा ?
यो अभियान विशुद्ध सक्रिय युवाहरुका लागी हो । यस अभियानले युवाहरुलाई उत्साहित गराउँदै आर्थिक उपार्जनमा जोड्न विशेष मद्दत पुर्याउँदछ । हरेक वर्ष हुने नेपाल जेसीजको महाधिवेशनका लागी आतिथ्यता गर्न विभिन्न शाखाहरुले होडबाजी गर्ने गरेको पाईन्छ । आफ्नो क्षेत्रमा यस्तो कार्यक्रमको आयोजना गर्न सकेमा स्थानीय युवा साथीहरु तथा नजिकै रहेका शाखाका युवाहरुलाई पनि न्यूनतम लागतमा सहभागी बनाई विभिन्न अवसरहरु प्रदान गराउन सकिन्छ ।
१. आर्थिक वृद्धि:-
राष्ट्रिय सम्मेलनको आयोजनाले आगन्तुकहरूलाई आकर्षित गर्छ, पर्यटन, आवास, र खर्च बढाएर स्थानीय अर्थतन्त्रलाई बढावा दिन्छ। आतिथ्यता गरिरहेको शाखाले आफुलाई आर्थिक रुपमा घाटा स्विकार गर्दैगर्दा अधिकांश लागत आगन्तुकको खाना र आवासमा लगानी गरेको हुन्छ । जुन लगानी स्वयं स्थानीय स्तरमा रहेका व्यवशायी साथीहरुका लागी आम्दानीको राम्रो अवसर हुन्छ । देशै भरबाट आएका युवा साथीहरुको लगानी बुटवल र यस वरीपरिको स्थानीय व्यापारीहरुको आम्दानीको श्रोत बन्दैछ ।
2. सांस्कृतिक आदानप्रदान: –
सहभागीहरूसँगको अन्तरक्रियाले स्थानीय युवाहरूलाई विभिन्न संस्कृतिहरूमा उजागर गर्दछ, एकता र सहकार्यको भावनालाई अझ थप मजबुत बनाउछ ।
3. सामुदायिक संलग्नता:-
स्थानीय युवा र संगठनहरूसँग सहकार्यात्मक परियोजनाहरू र पहलहरू यस कार्यक्रमले निर्माण गर्दछ । जसले समुदाय का लागी दिगो प्रभाव छोड्छ।
४. ज्ञान तथा कार्यकुशलता स्थानान्तरण:-
सम्मेलनमा उपस्थित व्यवशायीक युवाहरु, नेताहरू, विभिन्न देशबाट आउनुहुने विभिन्न क्षेत्रका प्रशिक्षकहरु बाट सञ्चालीत हुने कार्यशालाहरू र सल्लाहकारहरू मार्फत स्थानीय युवाहरूलाई लाभान्वित गर्दै सीप र ज्ञान साझा गर्न सक्छन्।
जेसीज एउटा अभियान हो । आफ्नो मौलिकतालाई सम्मान गर्दै अन्तराष्ट्रिय सिप र ज्ञानलाई सहज सरल र सुलभ मुल्यमा नेपाली युवाहरुमा सञ्चार गराउने एक मात्र अभियान हो । स्थानिय देखी केन्द्र सरकार सम्मको नेतृत्व गरिरहनु भएका नेतृत्व वर्गले यो अभियानलाई गहन रुपमा अध्ययन गर्नु जरुरी छ । अहिले देश भित्रको विकराल अवश्थालाई मध्यनजर गर्दा विदेशीन बाध्य भएका युवाहरु र यहि अझ थप सम्भावनाको खोजी गरिरहेका युवाहरुको विचमा अध्ययन गर्दा कहिँ कतै हाम्रो अभियानले पक्कै पनि युवाहरुमा उत्प्रेरणाको काम गरेको छ र सम्भावनाको खोजी गरिरहेको छ । १५००० सक्रिय युवाहरु यस अभियानमा आफुलाई स्वयंसेवीको रुपमा खडा गरिरहेका छन् । राष्ट्रको सानो लगानी यी युवाहरुमा पर्न सक्ने हो भने त्यो सानो लगानीनै देशको विकसीत मुहारको पहिलो सुत्राधार बन्छ भन्ने कुरामा हाम्रो अभियान विश्वस्त छ ।
जय जेसीज
लेखक बर्दघाट जेसीज वर्ष २०२३ का अध्यक्ष हुन् ।