बर्दघाट जेसीजको आयोजनमा तरकारी नर्सरी सम्बन्धी तालिम


बर्दघाट जेसीजको आयोजनमा तरकारी नर्सरी सम्बन्धी तालिम
  • लाल मोहर
  • जेष्ठ १४, २०८२

बर्दघाट, नवलपरासी — नवजीवन माध्यमिक विद्यालय, बर्दघाटका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई तरकारीबालीका लागि नर्सरी बनाउने तालिम दिइएको छ।

बर्दघाट जेसीज वर्ष २०२५ को आयोजनामा सञ्चालित उक्त तालिमको उद्देश्य विद्यालय तहका बालबालिकालाई सीपमूलक तथा व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रमका अध्यक्ष  मोहन सापकोटाले आफू पनि सामुदायिक विद्यालयबाटै शिक्षित भएकाले सामुदायिक विद्यालयप्रति विशेष माया रहेको उल्लेख गर्दै, विद्यालय स्तरबाटै व्यक्तित्व र क्षमता विकासमा लगानी गर्न सके भविष्य उज्यालो हुने धारणा व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक कमल अर्यालले बर्दघाट जेसीजले सृजनात्मक तथा विद्यार्थीमैत्री कार्यक्रमहरू गर्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो।

तालिम कृषि विज्ञ तथा बर्दघाट जेसीजका उपाध्यक्ष खुमकान्त न्यौपानेले सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यालय तहमै कृषिको ज्ञान दिन सकियो भने भविष्यमा स्वरोजगार बन्न सहज हुने बताउनुभयो।