बर्दघाट नगरपालिका वडा नं. १४ स्थित पवित्र प्राथमिक विद्यालयमा आज मिति २०८२ साल बैशाख ३१ गते, बुधबार विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ। सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
पवित्र बाल क्लबको अध्यक्षमा पिङ्की हरिजन चयन भएकी छन् भने उपाध्यक्षमा प्रिन्स राजभर, सचिवमा गुन्जा कुमारी हरिजन, सह-सचिवमा शित्तल गुरूङ्ग रहेका छन्। त्यस्तै, सदस्यहरूमा नुर आलम अन्सारी, सुगम थारू, दिलिप मुसहर, सन्ध्या बिक र बिहान कुमाल रहेका छन्।
निर्वाचन अधिकृतको भूमिका विद्यालयका प्रधानाध्यापक अमृष कुमार चौधरीले निर्वाह गर्नुभएको थियो। कक्षा ४ र ५ मा अध्ययनरत करिब ४० जना बालबालिकाको सक्रिय सहभागितामा सम्पन्न उक्त भेलामा सर्वसम्मत रूपमा बाल क्लब गठन गरिएको हो।
विद्यालय पुनः सञ्चालनसँगै बर्दघाट नगरका सामुदायिक विद्यालयहरूमा बाल क्लब गठनको अभियान तीव्र गतिमा अघि बढिरहेको छ।
बर्दघाट–१६ स्थित सिद्धज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद चौधरीका अनुसार भोलि सोही विद्यालयमा पनि बाल क्लब गठन गरिने तयारी गरिएको छ।