नवलपरासी (पश्चिम) — जयन्ती आधारभूत विद्यालय, बर्दघाट -१३ धनेवामा विद्यालयस्तरीय बाल क्लब गठन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागितामा उत्साहपूर्वक सम्पन्न भएको हो।
बाल क्लब गठनको मूल उद्देश्य विद्यार्थीहरूलाई नेतृत्व विकास, निर्णय क्षमता, समूहमा काम गर्ने सीप र सामाजिक उत्तरदायित्वको अभ्यासमा सक्षम बनाउनु रहेको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो।
नवगठित बाल क्लबको अध्यक्षमा शुशान्त अर्याल — कक्षा ८, उपाध्यक्षमा सृष्टिका कुँवर — कक्षा ६,सचिवमा सानु केवट — कक्षा ६,सह–सचिवमा समीप थापा — कक्षा ६,कोषाध्यक्षमा रोमिप पाठक — कक्षा ८ र सदस्यहरूमा क्रमश: प्रिन्स क्षेत्री — कक्षा ८, कृतिका पौडेल — कक्षा ७, स्मृति पाण्डे — कक्षा ६, र रेशम सारु मगर — कक्षा ८ निर्विरोध निर्वाचित भएका छन ।
कार्यक्रममा विद्यालयका शिक्षकहरूले बाल क्लबको भूमिका र कार्यक्षेत्रबारे जानकारी गराउँदै, नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। साथै, नियमित रूपमा बैठक सञ्चालन, विद्यालयस्तरीय सचेतनामूलक अभियान, वातावरण संरक्षण, पुस्तकालय प्रवर्द्धन, बाल अधिकारसम्बन्धी गतिविधि र सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा नव-निर्वाचित अध्यक्ष शुशान्त अर्यालले “सबै सदस्य मिलेर विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउने काममा जुट्ने” प्रतिबद्धता व्यक्त गरे।