ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक

जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने


जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन्। संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचीकृत गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास भइरहेको बताए।

जितगढी उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय सम्पदाका रूपमा मान्यता दिलाउन संघीय सरकारसँग पहल गरिने जनाए। उनले बुटवललाई ऐतिहासिक र आर्थिक राजधानी बनाउन प्रदेश सरकारले योजना बनाएको जानकारी गराए।

उनका अनुसार, स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवललाई ऐतिहासिक सहरका रूपमा विकास गर्न योजनाबद्ध कार्य अघि बढाइने छ। मुख्यमन्त्रीले राष्ट्रप्रति देखिएको सम्मानको भावना र वीरताको गाथालाई नयाँ पुस्तालाई सन्देश दिन ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक भएको बताए।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउने सपना भएको यही ठाउँमा नेपालको वीरता र आत्मविश्वास देखिएको जनाउँदै नेपालको फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको ऐतिहासिक सन्दर्भ स्मरण गरे। उनले वीर बलभद्र कुँवरको नेतृत्वमा गरिएको लडाइँ नेपाली स्वाभिमानको गौरव भएको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाले विविध सांस्कृतिक कार्यक्रम, ऐतिहासिक प्रदर्शनी, फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरेको थियो। गोरखाबाट इतिहास बोकेका सैनिकहरूको सहभागिता तथा जितगढीको स्मरण गर्दै बुटवलमा कार्यक्रम सम्पन्न गरिएको हो।

वि.सं. १८७२ वैशाख ९ गते बुटवलको जितगढी किल्लामा अंग्रेज सेनासँग नेपाली फौजले ऐतिहासिक युद्ध लड्दै विजय हासिल गरेको दिन सम्झनामा यो उत्सव मनाइन्छ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल