बर्दघाट–३ ले शुरू गर्यो निःशुल्क आधारभूत कम्प्युटर तालिम सुरु – सूचना प्रविधिमा विद्यार्थीको पहुँच बढाउने उद्देश्य
बर्दघाट नगरपालिका वडा नं ३ मा कक्षा १० देखि १२ सम्म अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका ३० जना विद्यार्थीहरूका लागि लक्षित आधारभूत कम्प्युटर तालिम भव्य रूपमा सुरु गरिएको छ।
उक्त तालिम बर्दघाट नगरपालिका वडा नं ३ को आयोजना, लालमोहर मिडिया एन्ड एडभरटाइजमेन्ट प्रा.लि. को व्यवस्थापन तथा ड्रीम टेक्निकल कलेजको समन्वयमा सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष प्रकाशचन्द्र अधिकारीले तालिमको उद्घाटन गर्नुभयो। आफ्नो मन्तव्यमा उहाँले भन्नुभयो:
“सूचना प्रविधिको ज्ञान अहिलेको युगको अनिवार्य आवश्यकता हो। यस्तो तालिमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई प्रतिस्पर्धी बनाउन सहयोग गर्छ। वडा कार्यालयले आगामी दिनहरूमा पनि यस्ता ज्ञानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्नेछ।”
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य सुनिल चौधरीले भने:
“शिक्षासँगै प्रविधिमा पहुँच पनि सशक्त हुनुपर्छ। यस तालिमले विद्यार्थीहरूलाई नयाँ सिकाइको ढोका खोल्नेछ। तालिममा सहभागी हुने सबैलाई शुभकामना छ।”
उक्त समारोहमा वडा सदस्य हर्ष नारायण कुमालको पनि सक्रिय उपस्थिति रहेको थियो।
तालिमको उद्देश्य सहभागी विद्यार्थीहरूलाई कम्प्युटरका आधारभूत सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरी प्रविधिप्रति रुचि र आत्मविश्वास बढाउनु रहेको छ ।